समाचार

राप्रपा नेता संग्रौलाको निधन

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वीरेन्द्र संग्रौलाको निधन भएको छ । नेता वीरेन्द्रकाे बुधबार बिहान २ बजे झापाको दमक–८ स्थित आफ्नै निवासमा निधन भएको हो । बहत्तर वर्षीय संग्रौला पेटसम्बन्धी रोगबाट पीडित भएको परिवारिक स्रोतले जनाएको छ ।राजनीतिकसँगै सामाजिक क्षेत्रमा क्रियाशील उनी राप्रपाका मेची अञ्चल सदस्य, साविक लखनपुर गाविसका पूर्व प्रधानपञ्च र दमक नगरपालिकाका मनोनीत उपप्रमुख थिए ।  तीन छोरा र दुई छोरी रहेका छन् भने उनको पार्थिव शरीर …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवा आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन् । देउवाले प्रधानमन्त्री भएपछि पहिलोपटक विदेश भ्रमण गर्न लागेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ जान लागेको देउवा नेतृत्वको भ्रमण टोलीमा पत्नी डा. आरजू राणा देउवासहित ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल रहेको छ । नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा साँझ अबेरसम्म अति व्यस्त हुनेछन् । भारत भ्रमणको …

पुरा पढ्नुहॊस »

न्यूरोडको एक होटलमा आगलागी

काठमाडौंको खिचापोखरीको एक होटलमा आज दिउँसो आगलागी भएको छ । आगलागी  ग्यास लिक भएर आगो लागेको हो । आगलागीबाट ७० देखि ८० हजार रुपैयाँ बराबरको क्षति भएको  प्रहरीले  अनुमान गरेको छ ।

पुरा पढ्नुहॊस »

सरकारले भदौ १६ देखि उपभोक्तालाई सहुलियत दिने

काठमाडौं ।सरकारले  चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले  सर्वसाधारणलाई लक्षित गरेर दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले  भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, घ्यूदेखि खसीबोकासम्ममा सहुलियत दिईने आपूर्ति मन्त्रालयले जनाएको …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री भोलि भारत जाँदै

काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भ्रमणमा नेपाल-भारतबीच विभिन्न क्षेत्रका सातवटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । मन्त्रिपरिषद् बैठकले देउवाको भारत भ्रमणका एजेन्डा, समझदारीपत्र तथा टोलीको टुंगो लगाएको हो । नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ करोड अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । समझदारीअनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर …

पुरा पढ्नुहॊस »

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । प्रदेश तथा खुल्ला केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन् । खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, …

पुरा पढ्नुहॊस »

कैलालीमा बस दुर्घटना हुदाँ दुईको मृत्यु, २१ घाइते

कैलाली । कैलालीको खानीडाँडामा भएको बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । भने २१ जना घाइते भएका छन् । धनगढीदेखि डोटीको विपिनगरका लागि छुटेको बस सोमबार दिउँसो कैलालीको चुरे गाउँपालिकामा दुर्घटना भएको थियो । मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका वडा नम्बर ५ का ७० वर्षका नरबहादुर देउवा र कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ की ४८ वर्षकी दुर्गा देवी मल्ल रहेका छन् । घाइते सबैको अत्तरीया स्थित पदमा …

पुरा पढ्नुहॊस »

प्रदेश र संसदको चुनाव मंसिर १० गते

काठमाडौं । सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १० गते चुनावको मिति घोषणा गरेको हो ।निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहॊस »

चितवनमा स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमणसँगै  डेंगु रोगसमेत

चितवन । चितवनजिल्लामा  स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमणसँगै  डेंगु रोगसमेत देखिएको छ ।  २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु रोगको बिरामी देखिएको हो । अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ । जसमा एक जना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।यस्तै स्वाइनफ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना बिरामी भएका छन्  ।

पुरा पढ्नुहॊस »

झापामा पानीमा डुबेर एकै दिनमा तीनको मृत्यु

झापामा पानीमा डुबेर मृत्यु हुने क्रम बढ्दै गएको छ । शनिबार झापाका विभिन्न स्थानमा पानीमा डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापा गौरीगन्ज गाउँपालिका १ की ४७ वर्षीया बिन्दाकुमारी मगर, शिवसताक्षी नगरपालिका ८ झिलझिलेका १३ वर्षीय दिपेश राई र झापा गाउँपालिका २ हल्दारवस्तीका ४५ वर्षीय यादव पोखरेल रहेका छन् । शनिबार अपरान्ह गौरीगन्ज बजारबाट घर फर्कने क्रममा माई खोला तर्न खोज्दा भेलले बगाउँदा बिन्दा मगरको …

पुरा पढ्नुहॊस »