पेय पदार्थमध्ये दूध र पानी सबैभन्दा दुषित

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षण अनुसार बजारमा उपलव्ध खाद्य तथा पेय पदार्थमध्ये दूध र पानी सबैभन्दा दुषित पाइएको छ।

विभागले खाद्य तथा पेय पदार्थको ९०३ नमुना संकलन गरेकोमा ११५ नमुनाहरु प्रतिकूल पाइएको बताएको छ। प्रतिकूलमध्येमा सबैभन्दा बढी प्रशोधित पिउने पानी र दूधमा देखिएको विभागले जनाएको छ।

प्रशोधित पिउने पानीमा ३८ नमुना र दूधमा २० नमुना प्रतिकुल पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिएका छन् ।

सेवन गर्न अयोग्य नमुनाहरु भेटिएपछि विभागले सरकारी संस्थान डिडिसीसहित विभिन्न उत्पादक तथा बिक्रेता कम्पनीविरुद्ध सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा ५० वटा मुद्दा दायर गरेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after