गोरखा। गोरखाको भीमसेन गाउँपालिका–८ बोर्लाङकी ६५ वर्षीया हिरादेवी श्रेष्ठले आफ्नै श्रीमानको चिर्पट प्रहारबाट हत्या गरेकी छिन । शनिबार साँझ घरमै चिर्पट प्रहार गरी ६७ वर्षीय श्रीमान केयरमान श्रेष्ठको हत्या गरे लगत्तै हिरादेवीले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरिन् ।
श्रीमानसँग घरायसी झगडा भएको र आवेशमा आएर हत्या गरेको हिरादेवीले प्रहरीसमक्ष स्वीकारेकी छिन ।‘घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहॊस