काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ मा जाने भएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पार्टी शीर्ष नेताहरुलाई लिएर पर्सि मंगलबार मधेस झर्नेछन् । देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेसका अनुसार २७ गते १ बजे सप्तरी र ४ बजे सिरहामा चुनावी सभा राखिएको छ । २८ गते १ बजे धनुषामा र …
पुरा पढ्नुहॊस »भदौ २७देखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने
काठमाडौं । भदौ २७ गते देखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् । मन्त्रालयले सार्वजनिक सवारीको भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।
पुरा पढ्नुहॊस »उम्मेदवारी दर्ता उत्साहजनक रुपमा
काठमाडौं । असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उमेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार भएको उमेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी दर्ताका लागि समय निर्धारण गरिएको थियो । मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय …
पुरा पढ्नुहॊस »दसैंको अग्रिम टिकट बुकिङ खुलेन
काठमाडौं । सरकारले आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अग्रिम टिकट बुकिङ खुलेन । यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्न दबाब दिएपछि आजदेखि खुल्ने भनिएको टिकट वितरण अवरुद्ध भएको हो । बिहीबारदेखि टिकट वितरण हुने जानकारी पाएका सर्वसाधारणहरु बिहान ४ बजेदेखि नै बसपार्क पुगेर लाम लागेका थिए ।तर, व्यवसायीहरुले टिकट वितरण रोकेपछि सर्वसाधारण निराश भएर घर फर्किएका छन् ।
पुरा पढ्नुहॊस »उपप्रधानमन्त्री महरा आज चीन जाँदै
काठमाडौं । सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार चीन भ्रमणमा जाने भएका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा महरा ६ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जान लागेका हुन् । नयाँ संविधान घोषणापछि चीन भ्रमणमा जाने महरा दोस्रो परराष्ट्रमन्त्री हुन् । यसअघि केपी ओली नेतृत्व सरकारका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको ६ दिने औपचारिक भ्रमण गरेका थिए । परराष्ट्र मन्त्रालयले द्विपक्षीय हित प्रवर्द्धनका लागि महरा …
पुरा पढ्नुहॊस »आज इन्द्रजात्रा
काठमाडौं । भाद्र शुक्ल चतुर्दर्शीका दिन इन्द्रजात्रा मनाइने चलन छ । आज इन्द्रजात्रा काठमाडौं उपत्यका लगायत धुलिखेल, दोलखा लगायतमा स्वर्गका राजा इन्द्रको पूजाअर्चना गर्दै जात्रा मनाइदै छ । इन्द्रजात्रा आठ दिन सम्म मनाइन्छ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि जात्रा सुरु हुन्छ । जात्राका बेला जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिने परम्परा छ । इन्द्रजात्रामा काभ्रेको नाला जंगलबाट ल्याइएको ३६ …
पुरा पढ्नुहॊस »भदौ २८ गतेदेखि दशैंका लागि नयाँ नोट पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएकाे नोट व्यवस्थापन विभागले जानकारी दिएको छ ।राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । …
पुरा पढ्नुहॊस »भ्रष्टाचारीले चुनावमा भाग लिन नपाउने
काठमाडौं : भ्रष्टाचार, बलात्कारजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्तिले प्रदेश र केन्द्रको चुनावमा भाग लिन नपाउने भएका छन् । कांग्रेसले संशोधन विधेयक फिर्ता लिएपछि भ्रष्टाचार ठहर भएका व्यक्तिले चुनावमा भाग लिन नपाउने भएका हुन् । कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, राधेश्याम अधिकारी, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मीनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, नरबहादुर चन्दलगायत १९ सांसदले छुट्टाछुट्टै संशोधन दर्ता गरी नैतिक पतन प्रमाणित भई सजाय पाएकालाई ३ वर्षपछि उम्मेदवारी दिन पाउने संशोधन …
पुरा पढ्नुहॊस »दसैंको अग्रीम टिकट बुकिङ भदौ २२ गतेदेखि खुल्ने
काठमाडौं । दसैंका लागि बसको अग्रीम टिकट बुकिङ भदौ २२ गते खुल्ने भएको छ । यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको समन्वयमा चाडपर्वमा उपत्यका बाहिरिने यात्रुका लागि अग्रीम टिकट बुकिङ खुल्ने भएको छ ।लामो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङका लागि नयाँ बसपार्क र पुरानो बसपार्कबाट सुविधा दिने भएको छ । साथै,दसैंमा सरकारले प्रति यात्रु २० किलो भन्दा बढी सामान बोक्ने व्यवसायीको इजाजत पत्र खारेज गर्ने भएको छ । दसैंमा घर …
पुरा पढ्नुहॊस »नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक गएरातिको अबिरल वर्षाका कारण सडक भासिएपछि सडकखण्ड अवरुद्ध बनेको छ । त्रिसुली किनारतर्फको आधा सडक भासिएपछि हजारौं सवारी रोकिएका छन् । नौ मिटर चौडाइ रहेको सडककको ४ मिटर सडक नै भासिएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »