समाचार

फूलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता

काठमाडौं ।हाइकिङका लागि फूलचोकी  गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएनन् । अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका छन्। उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिएपनि उनलाई भेटिएको छैन  ।विद्यार्थीसँगै हाइकिङमा गएका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा  प्रहरीले  लिएको छ । गत बिहीबार विद्यालयका प्रिन्सिपल ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएका थिए । फूलचोकी पुगेर फर्किने क्रममा  …

पुरा पढ्नुहॊस »

जेलबाट भागेका ‘टिके’ पक्राउ, प्रहरीको जवाफी कारबाहीमा दुई गोली लाग्यो

चितवन। डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापा पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङ उनी आफैं घाइते भएका छन् ।   टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार उनलाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनलाई स्थानीय अस्पतालमा समान्य उपचार गरेर काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको …

पुरा पढ्नुहॊस »

बसको ठक्करबाट १ जनाको मृत्यु

चितवन । चितवनको रत्ननगरस्थित टाँडीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन  । आइतबार बिहान ५ बजे रत्ननगर नगरपालिका–१० टाँडीमा पैदल यात्रीलाई काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले ठक्कर उनको घटनास्थलमै मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली प्रकाशन आज, चुनाव चिहृन भोलि

काठमाडौं । यही माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो ।   आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका भएपनि १ जनाको मात्रै उम्मेदवारी …

पुरा पढ्नुहॊस »

इँटा प्रहार गरी बाबुको हत्या

रुपन्देही  । रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा मादक पदार्थ सेवन गरीआफ्नै बुबाको हत्या गरेको आरोपमा  २७ वर्षीय छोरा सम्शेरबहादुर थापा पक्राउ  परेका छन् । थापाले बुबालाई सामान्य विवादमा इँटा प्रहार गरेका थिए । इँटा प्रहारबाट ५० वर्षीय बाबु जगतबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय सभा चुनावमा आचारसंहिता लागू

काठमाडौँ ।  राष्ट्रियसभा निर्वाचनको आचारसंहिता शुक्रबारबाट लागू भएको छ । नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र निजि क्षेत्रका सञ्चारमाध्यमलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ ।आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन ।  

पुरा पढ्नुहॊस »

पेप्सीकोलामा ट्रिपरको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौं  । काठमाडौंको पेप्सीकोलामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । बा ३ ख ३४१६ नम्बरकाे ट्रिपरले पैदलयात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

जन्ती बोकेको जिप दुर्घटना ११ घाइते

बैतडी । बैतडीको  सिउडेमा बुधबार  जन्ती बोकेका दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार  भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन् । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् ।

पुरा पढ्नुहॊस »

मनाङमा हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङ । मनाङमा हावाहुरीसहित परेको हिमपातले त्यहाँकोको जनजीवन कष्टकर बनेको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । त्यसै गरी माथिल्लो मनाङ गएका १० जना  पर्यटक सम्पर्कविहीन भएका छन् ।उनीहरु  हिमपातको कारणले टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएका   हुन ।

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा चुनावको उम्मेदवार छान्न दलहरु आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रियसभा चुनावको उम्मेदवार चयन गर्न प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । राष्ट्रियसभा चुनावको लागि बुधबार मनोनयन दर्ताको समय रहेकाले दलहरु मंगलबार बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त भएका हुन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएको छ । प्रदेश ५, ६ र ७ का उम्मेदवार टुंगो लगाइसकेको एमालेले मंगलबार थप प्रदेशका उम्मेदवार चयन गर्नेछ ।   यसैगरी नेपाली कांग्रेसका शीर्ष नेताहरु …

पुरा पढ्नुहॊस »