दसैंको अग्रीम टिकट बुकिङ भदौ २२ गतेदेखि खुल्ने

काठमाडौं । दसैंका लागि बसको अग्रीम टिकट बुकिङ भदौ २२ गते खुल्ने भएको छ । यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको समन्वयमा चाडपर्वमा उपत्यका बाहिरिने यात्रुका लागि अग्रीम टिकट बुकिङ खुल्ने भएको छ ।लामो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङका लागि नयाँ बसपार्क र पुरानो बसपार्कबाट सुविधा दिने भएको छ । साथै,दसैंमा सरकारले प्रति यात्रु २० किलो भन्दा बढी सामान बोक्ने व्यवसायीको इजाजत पत्र खारेज गर्ने भएको छ । दसैंमा घर जाने यात्रुले प्रति व्यक्ति २० किलो भन्दा बढी सामान बोक्न नपाइने र  यातायात व्यवसायीले सरकारसँग दसैंको मुखमा बस टिकटमा भाडा नबढाउने सहमती  भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री