आज इन्द्रजात्रा

काठमाडौं  । भाद्र शुक्ल चतुर्दर्शीका दिन  इन्द्रजात्रा मनाइने चलन छ । आज इन्द्रजात्रा   काठमाडौं उपत्यका लगायत धुलिखेल, दोलखा लगायतमा स्वर्गका राजा इन्द्रको पूजाअर्चना गर्दै जात्रा  मनाइदै छ ।    इन्द्रजात्रा आठ दिन सम्म  मनाइन्छ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि जात्रा सुरु हुन्छ ।   जात्राका बेला जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिने परम्परा छ । इन्द्रजात्रामा काभ्रेको नाला जंगलबाट ल्याइएको ३६ हात लामो लिंगो ठड्याउने परम्परा छ । तान्त्रिक विधिद्वारा पूजा गरी जंगलमा छोडिएको बोकाले स्पर्श गरेको रूख इन्द्रध्वजाका लागि लिंगोका रूपमा विधिपूर्वक तयार पारिन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिंगो ठड्याएपछि नाचगान, रथयात्रा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाइने चलन छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस