एकैदिन २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । कार्तिक २० गते मंगलबार छापावाल सुनको मूल्य २८ सय रूपैयाँले घटेको छ ।

कार्तिक १५ गते बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार ८ सय रूपैयाँले घटेर १ लाख ६८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, कार्तिक १५ गते बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ९० रुपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले घटेर २ हजार ३० रूपैयाँ कायम भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तिहारमा साढे १९ करोडको सुनचाँदीका सिक्का बिक्री

काठमाडौं । यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागमार्फत् साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । यो बिक्री कात्तिक ११ देखि १४ गतेसम्म भएको थियो । कात्तिक १३ गते धनतेरसको दिन एक मात्र दिनका लागि मात्र सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहॊस