काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरहरुमा पूजा आराधना गरिन्छ । साथै विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिन देखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
पुरा पढ्नुहॊस »राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो । आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता …
पुरा पढ्नुहॊस »धांगर बस्तीका बालबालिकालाई प्रविण टिबडेवालको पहल र समाजसेवी अग्रवालको सहयोगमा न्यानो लुगा वितरण
रौतहट ।पछिल्लो समय रौतहट जिल्लामा अत्याधिक बढेको शितलहरबाट स्थानियको जनजीवन कष्टकर बन्दै गएको छ । माघ महिनाको पहिला साता बित्न लागी सक्दा पनि रौतहटमा शितलहरको प्रकोप जारी नै रहेको छ । शितलहरबाट जिल्लाका अधिकांश भागमा रहेका दलित, मुस्हर, धांगर, डोम, कहार लगायतका समुदाय एकदमै प्रभावित बनेका छन् । शितलहर प्रभावित यि समुदायका मानिस बसोबास गर्ने स्थानमा विभिन्न संघसंस्थाले राहत सामग्री बाडे पनि त्यहाँ बसोबास गर्ने बालबालिकाको भने विच्चली रहेको छ …
पुरा पढ्नुहॊस »सीके राउत पक्राउ
धनुषा । सीके राउत पुन: पक्राउ परेका छन्। धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका राउतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक राजकिशोर साहको टोलीले राउतलाई पक्राउ गरेको हो। तर प्रहरीले उनलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन।
पुरा पढ्नुहॊस »प्रदेश प्रमुखको शपथग्रहण आज
काठमाडौं । प्रदेश प्रमुखहरुले आज राष्ट्रपति बाट सपथ ग्रहण लिने भएका छन् । सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् । बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कांग्रेस र मधेसवादी दलकाे भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ …
पुरा पढ्नुहॊस »धनकुटामा अनिश्चितकालीन कर्फ्यू
धनकुटा । धनकुटा राजधानी बनाउन माग गर्दै आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
पुरा पढ्नुहॊस »धनकुटामा अान्दाेलनकारी र प्रहरीबीच झडप
काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् । बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रममा झडप भएको हो । आमहडतालले धनकुटाका बजार, शिक्षण संस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द रहेका छन् साथै कोशी राजमार्गमा यातायात ठप्प छ । आन्दोलनकारीले आमहडताल …
पुरा पढ्नुहॊस »आज सोनाम ल्होसार मनाइँदै
काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।आज नेपाल तामाङ घेदुङ लगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन पनि गरिनेछ । सरकारले आज सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
पुरा पढ्नुहॊस »भक्तपुरमा व्यवसायीकाे हत्या
भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका-९, ताथलीमा एक जना व्यवसायीकाे बुधबार बिहान हत्या भएकाे छ ।स्थानीय ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको खुलेकाे छ । मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको प्रहरीले जनाएकाे छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज …
पुरा पढ्नुहॊस »प्रदेश राजधानी माग्दै अनिश्चितकालीन दाङ बन्द
दाङ । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले आजदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् । बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् ।बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
पुरा पढ्नुहॊस »