बालुवाटार पुगेर ईः ले प्रधानमन्त्रीलाई बुझाए मागपत्र

काठमाडौँ । सामाजिक अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा गरेका ईः सहितको टोलीले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।

पैदलयात्रा गरेको ९ औं दिन कलंकीदेखि सिंदरबारसम्म पैदलयात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने उनीहरूको कार्यक्रम थियो । तर, सोमबार प्रजातन्त्र दिवसको बिदा परेकाले प्रहरीले ईः, सौरभ न्यौपाने (चाउ), युजनराज भण्डारी, रक्षा बम, सुजन गिरी लगायतलाई बालुवाटार लगेको थियो ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ईःले पाँच पृष्ठको मागपत्र सुनाए । उक्त मागपत्रमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरुको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको थियो ।

ईःले प्रधानमन्त्री आफूहरूको मागप्रति सकारात्मक रहेको बताए । यसअघि अभियन्ता ईः ले सडक व्यवसायिहरूको पक्षमा रहेर काठमाडौं र ललितपुर महानगर अगाडि उभिएर विरोध प्रदर्शन गरेका थिए । साथै उनले २८ माघमा लुम्बिनीबाट पैदलयात्रा थालेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस