बहुलवाद र संसदीय मूल्यमान्यता आत्मसाथ गर्दै दिगो शान्ति तथा सुशासन कायम गर्न सकिन्छ : सभापति देउवा

  • डम्मर बम

काँग्रेसको महासमिति बैठक सुरु

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवाद र संसदीय मूल्यमान्यतालाई आत्मसाथ गर्दै दिगो शान्ति तथा सुशासन कायम गर्न सकिने बताएका छन् । सोमबारदेखि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको पार्टीको महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सभापति शेरबहादुर देउवाले कोभिड(१९ पछि अर्थतन्त्रमा देखिएको प्रतिकुलताले विकास निर्माणका काम गर्न नसकिएकोले जनतामा निराशा छाएको बताए । उनले नेपालको मात्र अर्थतन्त्र कमजोर नभएर विश्वभरि आर्थिकमन्दी भएको र साथै हाल नेपालको अर्थतन्त्र राम्रो रहेको जिकिर गरे ।

फागुन ७ गते लाई स्मरण गर्दै देउवाले पार्टी निर्माण तथा राष्ट्र निर्माणका लागि योगदान पुर्‍याउने महामानव बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूको मार्ग दर्शनलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए । ‘काँग्रेसको महासमिति बैठकलाई अन्तर्राष्ट्रिय तहले चासोको रूपमा हेरेको छ,’ देउवाले भने, ‘संविधान जारी भएको ८ वर्ष भयो । संविधान कार्यान्वयनका लागि शान्ति प्रक्रियाका बाँकी कामका विषयमा सबैको साझा धारण हुनुपर्छ ।’

सोही अनुरूप काँग्रेसले आफ्ना नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताए । एक अर्को प्रसङ्गमा सभापति देउवाले गठबन्धन छोटो अवधिको लागि नबनेको तथा गठबन्धनले गर्दा हामीले शिर झुकाउनुपर्ने कुनै कारण नरहेको दोहोर्‍याए ।

राजनीति दल व्यापारी र व्यापारी नेता जस्ता भए : धनराज गुरुङ
नेपाली काँग्रेसका उप सभापति तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले क्रोनिक क्यापिटालिज्मले आर्थिक सुशासन कायम गर्न नसकिएको बताए । पार्टी महासमिति बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘नेपाली राजनीतिमा देखिएको क्रोनिक क्यापिटालिज्मले राजनीति दल व्यापारी र व्यापारी नेता जस्तो देखिएका कारण आर्थिक सुशासन कायम गर्न नसकिएकोले वडा सदस्य देखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने हुन्छ ।’ संगठनलाई भद्दा नभई चुस्त र दुरुस्त बनाउन पर्ने बताउँदै मन्त्री गुरुङले ‘हामी जनताका मालिक होइन जनताको सेवक हुँ’ भनेर काम गर्न आग्रह गरे ।

अन्यायमा परेकाको अभिलेखीकरण गर्नुपर्छ : डिना
काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टी भित्र अन्यायमा परेका नेता तथा कार्यकर्ता अभिलेखीकरण गर्नुपर्ने बताइन् । अन्यायमा परेकालाई न्याय दिलाइ पार्टी संरचनालाई मजबुत बनाउन सकिने उनको सुझाव थियो ।

सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी उद्घाटन गरेको महासमिति बैठक १० गतेसम्म चल्ने छ । बैठकमा नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस