समाचार

जन्ती बोकेको जिप दुर्घटना ११ घाइते

बैतडी । बैतडीको  सिउडेमा बुधबार  जन्ती बोकेका दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार  भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन् । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् ।

पुरा पढ्नुहॊस »

मनाङमा हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङ । मनाङमा हावाहुरीसहित परेको हिमपातले त्यहाँकोको जनजीवन कष्टकर बनेको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । त्यसै गरी माथिल्लो मनाङ गएका १० जना  पर्यटक सम्पर्कविहीन भएका छन् ।उनीहरु  हिमपातको कारणले टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएका   हुन ।

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा चुनावको उम्मेदवार छान्न दलहरु आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रियसभा चुनावको उम्मेदवार चयन गर्न प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । राष्ट्रियसभा चुनावको लागि बुधबार मनोनयन दर्ताको समय रहेकाले दलहरु मंगलबार बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त भएका हुन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएको छ । प्रदेश ५, ६ र ७ का उम्मेदवार टुंगो लगाइसकेको एमालेले मंगलबार थप प्रदेशका उम्मेदवार चयन गर्नेछ ।   यसैगरी नेपाली कांग्रेसका शीर्ष नेताहरु …

पुरा पढ्नुहॊस »

श्रीपञ्चमी, सरस्वतीको पूजा

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ  । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरहरुमा पूजा आराधना गरिन्छ । साथै विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिन देखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।   आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता …

पुरा पढ्नुहॊस »

धांगर बस्तीका बालबालिकालाई प्रविण टिबडेवालको पहल र समाजसेवी अग्रवालको सहयोगमा न्यानो लुगा वितरण

रौतहट ।पछिल्लो समय रौतहट जिल्लामा अत्याधिक बढेको शितलहरबाट स्थानियको जनजीवन कष्टकर बन्दै गएको छ । माघ महिनाको पहिला साता बित्न लागी सक्दा पनि रौतहटमा शितलहरको प्रकोप जारी नै रहेको छ । शितलहरबाट जिल्लाका अधिकांश भागमा रहेका दलित, मुस्हर, धांगर, डोम, कहार लगायतका समुदाय एकदमै प्रभावित बनेका छन् । शितलहर प्रभावित यि समुदायका मानिस बसोबास गर्ने स्थानमा विभिन्न संघसंस्थाले राहत सामग्री बाडे पनि त्यहाँ बसोबास गर्ने बालबालिकाको भने विच्चली रहेको छ …

पुरा पढ्नुहॊस »

सीके राउत पक्राउ

धनुषा । सीके राउत पुन: पक्राउ परेका छन्। धनुषाको माथाबजारस्थि डेरामा बसिरहेका राउतलाई प्रहरीले  पक्राउ गरेको छ । प्रहरी निरीक्षक राजकिशोर साहको टोलीले राउतलाई पक्राउ गरेको हो। तर प्रहरीले उनलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन।

पुरा पढ्नुहॊस »

प्रदेश प्रमुखको शपथग्रहण आज

काठमाडौं । प्रदेश प्रमुखहरुले आज राष्ट्रपति बाट सपथ ग्रहण लिने भएका छन् । सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् । बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कांग्रेस र मधेसवादी दलकाे भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ …

पुरा पढ्नुहॊस »

धनकुटामा अनिश्चितकालीन कर्फ्यू

धनकुटा । धनकुटा  राजधानी बनाउन माग गर्दै आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

पुरा पढ्नुहॊस »

धनकुटामा अान्दाेलनकारी र प्रहरीबीच झडप

काठमाडौं । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् । बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रममा झडप भएको हो । आमहडतालले धनकुटाका बजार, शिक्षण संस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द रहेका छन् साथै कोशी राजमार्गमा यातायात ठप्प छ । आन्दोलनकारीले आमहडताल …

पुरा पढ्नुहॊस »