रौतहट ।पछिल्लो समय रौतहट जिल्लामा अत्याधिक बढेको शितलहरबाट स्थानियको जनजीवन कष्टकर बन्दै गएको छ । माघ महिनाको पहिला साता बित्न लागी सक्दा पनि रौतहटमा शितलहरको प्रकोप जारी नै रहेको छ ।
शितलहरबाट जिल्लाका अधिकांश भागमा रहेका दलित, मुस्हर, धांगर, डोम, कहार लगायतका समुदाय एकदमै प्रभावित बनेका छन् ।
शितलहर प्रभावित यि समुदायका मानिस बसोबास गर्ने स्थानमा विभिन्न संघसंस्थाले राहत सामग्री बाडे पनि त्यहाँ बसोबास गर्ने बालबालिकाको भने विच्चली रहेको छ ।

चिसोका कारण दलित, मुस्हर, धांगर, डोम, कहार लगायतका समुदायका बालबालिकाको विच्चली रहेको कुरालाई ध्यानमा राख्दै रौतहटका संचारकर्मी प्रविण टिबडेवाल लगायतको पहलमा गौर नगरपालिका वडा नम्बर ८ स्थित मुस्हर बस्तीका १ सय ६ परिबारका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।
सो बस्तीका बालबालिका चिसोको जोखिममा रहेको भन्दै रौतहटका संचारकर्मी प्रविण टिबडेवालले आफ्नो फेसबुक एकाउण्टबाट तस्बिर सार्वजनिक गरे पश्चात सो स्थानका बालबालिकाले न्यानो लुगा पाएका छन् ।
हिमालय टेलिभिजनकर्मी तथा समाजसेवी दयाराम अग्रवालको सहयोग तथा सोहि टेलिभिजनका रौतहट संम्वादाता प्रविण टिबडेवालको पहलमा सो वस्तीका १ सय ६ परिवारका प्रति परिवार १ बालक लाई न्यानो लुगा वितरण गरिएको हो ।

न्यानो लुगा पाउदा सो बस्तीका बालबालिका मुहारमा हाँसो छाएको छ । न्यानो लुगा वितरणको क्रममा रौतहटका संचारकर्मी रमेश ठाकुर, धर्मेन्द्र साह, राकेश यादव, प्रविण शर्मा, बजरंगी गुप्ता लगायत दर्जनौ संचारकर्मीहरुको उपस्थित रहेको थियो ।




