समाचार

रुकुमको भुमेमा माओवादी  विजयी

रुकुमको भुमे गाउँपालिकामा अध्यक्षमा माओवादीका रामसुर बुढामगरले ३ हजार ४८२ मत र उपाध्यक्षमा मीनाकुमारी बुढाले ३ हजार ४९४ मत ल्याएर  विजयी भएका छन् ।

पुरा पढ्नुहॊस »

गुल्मी दरबार गाउँपालिकामा कांग्रेस विजयी

गुल्मीको गुल्मी दरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अशोककुमार  थापाले ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम  प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण भुसालले  ४ हजार सात सय ५० मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

धनकुटा नगरपालिकाको वडाध्यक्ष पदमा नयाँशक्ति विजयी

धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर   ३ मा वडाध्यक्ष पदमा नयाँ शक्ति पार्टीका विकास घिमिरेले २९० मत ल्याएर  विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

बझाङको थलारा गाउँपालिकामा एमाले विजयी

बझाङ । बझाङको थलारा गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर उपाध्याय २ हजार ७ सय ७८ मत ल्याएर विजयी भएका छन् । निकटतम  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम खातीले २ हजार ८१ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी

बाजुरा ।बाजुराको बडिमालिका नगरपालिकामा मेयरमा कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी  विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले २ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् ।

पुरा पढ्नुहॊस »

झापाको कचनकबल गाउँपालिकावडा नम्बर १वडाध्यक्षमा राप्रपा विजयी

झापा । कचनकबल गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार लक्ष्मीनारायण यादव विजयी भएका छन् । यादवले ८६० मतका मत ल्याएर विजयी भएका छन् । निकटतम  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ७३२ मत आएको  छ ।

पुरा पढ्नुहॊस »

अमरगढी नगरपालिकामा एमाले विजयी

डडेलधुरा ।अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा  विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेको छ ।

पुरा पढ्नुहॊस »

संखुवासभाको शिलिचोङमा कांग्रेस विजयी

संखुवासभाको शिलिचोङ  गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कुलुङले १८८१ मत ल्याएर विजयी भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङले १३४७ मत  ल्याएका छन् ।यस्तै उपाध्यक्ष्मा पनि कांग्रेसकै लालकुमारी कुलुङ १६९९ मतका साथ विजयी भएकी छन् । उपाध्यका निकटतम प्रतिद्वन्द्वी माओवादीकै देवी कुमारी राईले १४०८ मत ल्याइन ।  

पुरा पढ्नुहॊस »

झापा दमकको मतगणना स्थगित

काठमाडौं । झापाको दमक नगरपालिकाको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको निष्पक्षतामा प्रश्न उठाउँदै कांग्रेस, माओवादीसहितका दलले मतगणना बहिस्कार गरेका छन् ।  निर्वाचन अधिकृत बेदराज फुयल र डीएसपीको व्यवहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले निजलाई तुरन्त फिर्ता बोलाई नयाँ निर्वाचन अधिकृत नियुक्त गरेर मात्र मत गणना कार्य अघि बढाउन कांग्रेस, माओवादी सहितका दलका उम्मेदवारले भनेका छन् ।

पुरा पढ्नुहॊस »

अमेरिकाको उच्च पदमा नेपाली मूलका मोहन गुरुङ

नेपाली मूलका मोहन गुरुङ एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा ३ वर्षको लागि नियुक्त भएकन छन् । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा पून नियुक्त गरेका हुन ।चालिस बर्षको इतिहासमा उक्त पदमा नियुक्ति पाउने गुरुङ पहिलो नेपाली मूलका व्यक्ति हुन । गुरुङ  सियाटल वाशिङ्गटनमा बसोबास गर्दै अँएका गुरुङसँग चिकित्साक्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ । सन् १९९९ मा नेपाल सियाटल समाज …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds