बिहीबार पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री