समाचार

योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना नलिए सम्बन्धन खारेज गर्ने सरकारको चेतावनी

काठमाडां । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्सा शिक्षा अन्तर्गतको विशेषज्ञ तह पीजीमा योग्यताक्रमका आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ । मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद बैठकको ०७२ साल असोज १ गतेको निर्णय तथा सर्वोच्च अदालतको ०७२ मंसिर १५ तथा ०७३ साल जेठ २१ गतेको निर्णय अनुसार योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न तथा त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।   निर्देशन …

पुरा पढ्नुहॊस »

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

काठमाडौ । सुरेन जे. अमरासेकरा  एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् ।मरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा बसेर दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने एनसेलले वताएकाे छ । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) …

पुरा पढ्नुहॊस »

यात्रुबाहक बस दुर्घटना हुँदा ५ घाइते

बैतडी  ।काठमाडौंबाट दार्चुलाको गणन्नाका लागि छुटेको उग्रतारा यातायातको बा ३ ख ५१७५ नम्बरको बस सुर्नया ३ धरमघर नजिक शुक्रबार बिहान  बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको हो । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया ३ का २४ बर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ बर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा २ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार ७ का हरिसिंह कार्की र …

पुरा पढ्नुहॊस »

तीन बालबालिकाको सामूहिक हत्या रहस्यमै

अरुण गाउँपालिका १ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ । असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन कार्कीको माछापोखरीमा डुबेको अवस्थामा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवस्था बुझ्न सप्तरी जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावितको अवस्था बुझ्न आज सप्तरी जाँदै छन् । पछिल्लो समयमा भएको अधिक बर्षाले महुली खोला भत्केपछि यस क्षेत्रका सयौं जनाको घरमा पानी डुबेको छ। प्रधानमन्त्री देउवाले भत्केको बाँधको अवलोकन र निरीक्षण गर्दै बाढीपीडितहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहॊस »

पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।अन्तिम मत परिणामअनुसार नगरपालिकाकाे प्रमुखमा एमालेका दिलीपकुमार राईले नौ हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत ल्याए । उता उपप्रमुखमा पनि एमालकी यमुना विष्ट नौ हजार ९२६ मत ल्याएर विजयी भएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी प्रेमला राईले सात हजार ३४४ मत ल्यार्इन् …

पुरा पढ्नुहॊस »

खजुरा गाउँपालिकामा एमाले विजयी

बाँके, बाँकेको खजुरा गाउँपालिकामा एमाले अध्यक्षमा किस्मतकुमार कक्षपतिले आठ हजार ७० मत प्राप्त गरी विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का डम्बर बिक तूफानले ६ हजार ८९२ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

ओखलढुंगाका जनप्रतिनिधिले सपथ लिए

ओखलढुंगा ।   १  नगर र ७ गाउँपालिका रहेको ओखलढुंगाका निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । सुनकोसी, चिसंखुगढी लगायत गाउँपालिकामा सपथ ग्रहण भइसकेको छ।  जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले सपथ गराएका हुन् ।

पुरा पढ्नुहॊस »

रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी

रुपन्देही । जिल्लाको सियारी गाउँपालिकामा  एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत ल्याएर अध्यक्षमा विजयी  भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

कपिलबस्तु र बाणगंगा नगरपालिकामा कांग्रेस विजयी

कपिलबस्तु । कपिलबस्तु नगरपालिकामा कांग्रेसका किरण सिंहले ९ हजार २५४ मत ल्याई मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी कसौधन ८ हजार ८६५ मतका साथ विजयी भएकी छन् । कपिलबस्तुमा मेयरको दोस्रो स्थानमा स्वतन्त्र छन् । कपिलबस्तु जिल्ला कै बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन् भने उनले १५ हजार ७३८ मत प्राप्त गरे । उपमेयरमा भने एमाले विजयी भएको छ । उता उपमेयरमा एमालेका चक्रपाणी अर्याल १५ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds