देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार र छठ पर्वको समयमा दैनिक उपभोग्य वस्तुहरुको माग अत्यधिक हुने भएकाले सरकारी स्वामित्वको संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो ।

सुपथ मूल्य बजार माघ महिना अर्थात् तीन महिनासम्म सञ्चालन हुनेछ । ४२ वटा जिल्लाका ६३ वटा विभिन्न स्थानहरुमा यस्ता पसल सञ्चालन गरिने कम्पनीले बताएको छ । काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायकमा बिक्री कक्षहरु स्थापना गरिएको कम्पनीको भनाइ छ । यस पटक कम्पनीले अनलाईन अर्डर मार्फत् होम डेलिभरी सेवा पनि दिने बताएको छ ।

हाल कम्पनीसँग ५० हजार क्विन्टल खाद्यान्न मौज्दात छ । विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी ५ रुपैयाँका दरले छूट दिइएको छ ।

त्यस्तै तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी/ लिटरमा ७ रुपैयाँ छूट दिइएको छ । जिउँदो खसी–बोका च्याङ्ग्रा, डीडीसी घ्यूमा प्रति केजी १० रुपैयाँ छ्रट दिइएको कम्पनीले बताएको छ ।

कम्पनीले यस पटक १ हजार ८०० थान खसीबोका र च्याङ्ग्रा बिक्रीको लागि ल्याएको छ, जसमध्ये १ हजार ५०० खसीबोका र ३०० थान च्याङ्ग्रा छन् । प्रादेशिक कार्यालय थापाथली परिसरबाट घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसीबोका बिक्री गरिने कम्पनीको भनाइ छ ।

सुपथ मूल्य बजार सञ्चालनको लागि सरकारले ३ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोसाक ब्रान्ड सोनामले ल्यायो फेस्टिभ अफर, ७० प्रतिशतसम्म छुट

काठमाडौं । तयारी पोसाक ब्रान्ड सोनामले यस वर्षको दशैँ र तिहारलाई लक्षित गर्दै विशेष फेस्टिभ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds