भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ । यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका ३०० बढी कर्मचारी गठन आदेशबिना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए ।

सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारीहरु विकास समिति अन्तर्गत रहने भएका छन् । मन्त्रिपरिष्द बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्याम्सले किन्यो नागरिक अस्पताल, भक्तपुरको उत्कृष्ट हस्पिटल बन्ने

काठमाडौं । मण्डिखाटारबाट उच्चस्तरको स्वास्थ्य सेवा दिइरहेको ह्याम्स अस्पतालले अब भक्तपुरकाे मध्यपुर थिमि गठ्ठाघरस्थित नागरिक अस्पतालको समेत व्यवस्थापन गर्ने भएको छ । एक सय शय्याका नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको हो । नागरिकको ४३ प्रतिशत शेयर किन्न ह्याम्स समूहले ९ करोड ९१ लाख रुपैयाँमा लगानी गरेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds