समाचार

सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाडौं । राजेन्द्र किशोर क्षेत्रीलाई सरकारले मूख्य सचिवमा नियुक्त गरेको छ । अाज बसेको मन्त्रपरिषद् बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । उनी उपराष्ट्रपति कार्यालय तथा उर्जा मन्त्रालयमा सचिवकाे जिम्मेवारी लिएका ब्यक्ति हुन् । केहि समय पछि निजामति सेवाबाट अवकास लिन लागेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो ।

पुरा पढ्नुहॊस »

बर्दियामा पोखरीमा डुबेर २ बालकको मृत्यु

बर्दिया । जिल्लाको बढैयाताल गाउँपालिका–३ जोडीपिपलमा पोखरीमा डुबेर स्थानीय कालुसिंह महराका १२ वर्षीय छोरा राजेश महरा र रामसिंह महराका १० वर्षीय छोरा पवन महराको  ज्यान गएको छ ।

पुरा पढ्नुहॊस »

स्वास्थ्य कार्यक्रमका बजेट कटौती

काठमाडौं : सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा महत्ववपूर्ण भूमिका रहेका कार्यक्रमको बजेटमा भारी कटौती गरेको छ । स्वास्थ्य संस्थाका निर्माणाधीन भवन पूरा गर्नेदेखि पाठेघरको मुखको क्यान्सरबाट महिलालाई बचाउनेजस्ता दर्जनभन्दा धेरै कार्यक्रमको बजेट कटौती भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपचारात्मक कार्यक्रममा बढी केन्द्रित कार्यक्रमले राज्यकोष रित्याउने काम गरिरहेका बेला रोगबाट बचाउन सक्ने र गुणस्तरीय सेवा सुनिश्चित गर्ने कार्यक्रमको बजेट कटौती हुनु विडम्बना भएको मन्त्रालयका अधिकारी बताउँछन् । मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले …

पुरा पढ्नुहॊस »

विदेशमा ज्यान गुमाउनेलाई ७ लाख क्षतिपुर्ति दिने

काठमाडौं । सरकारले विदेशमा ज्यान गुमाएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति बापतको रकम ७ लाख रुपैयाँ बनाउने प्रस्ताव सरकारले पारित गरेको छ । सरकारले अहिले ३ लाख रहेको मृतकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम ७ लाख रुपैयाँ बनाएको हो । मन्त्रिपरिषदले ३ लाखको क्षतिपूर्ति रकमलाई बढाएर ७ लाख बनाउने निर्णय गरिसकेको छ ।

पुरा पढ्नुहॊस »

नेपाली बजारमा पनि प्लास्टिकको चामल

काठमाडौँ ।पछिल्लो समय नेपाली बजारमा  पनि प्लास्टिकको चामल बिक्रि  गरेको भेटीएको  छ । प्लाष्टिकको चामल बिक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले मंगलबार साँझ काठमाडौंको स्वयम्भु सानो भर्‍याङमाबाट टंक शेरचनलाई पक्राउ गरेको हो ।चिन र भियतनाममा बनेको आरसिटी ब्राण्डको नक्कली चामल विक्री वितरणबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आजदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक

काठमाडौं । सवारीजामलाई व्यवस्थापन गर्न सरकारले आजदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय यातायात व्यवसायी महासंघ सहितको सरोकारवालाको बैठकले मंगलबार यस्तो …

पुरा पढ्नुहॊस »

श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालयमा

नेपालगन्ज।  बाँकेको कोहलपुरमा एक व्यक्तिले आफनो  श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । कोहलपुर-४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या  गरेका हुन । राति साढे १० बजेतिर  श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमतीको टाउको लिएर प्रहरी कार्यालय पुग्दा प्रहरी समेत छक्क परे । प्रारम्भिक अनुसन्धानमा घरायसी झगडाका कारण श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ …

पुरा पढ्नुहॊस »

सरकारले सप्तरीका बाढी पीडितलाई २५ हजार राहत दिने निर्णय

काठमाडौं । सरकारले सप्तरीका बाढी पीडितलाई  तत्काल प्रतिपरिवार २५ हजार राहत उपलब्ध गराउने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितलाई २५ हजार रुपैया उपलब्ध गराउने घोषणा गरेका थिए ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  

पुरा पढ्नुहॊस »

दार्जीलिङमा फेरि तनाव बढ्यो, सुरक्षाकर्मीको गोलीबाट तीनको मृत्यु

काठमाडौं । दार्जीलिङमा फेरि तनाव बढेको छ । सेना परिचालन गरिएको छ भने मृतकको संख्या तीन पुगेको छ ।   सोदानमा शुक्रबार राति सुरक्षाकर्मीको गोलीबाट एक युवकको मृत्यु भएपछि दार्जीलिङमा तनाव बढेको थियो । स्थिति नियन्त्रणमा लिन भन्दै शनिबार फेरि सेना परिचालन गरेको छ । शनिबार दार्जीलिङका साथै कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनानक्रस्त भएको छ । सुरक्षाकर्मीसँग भएको झडपमा थप एक युवकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ …

पुरा पढ्नुहॊस »

नारायणगढ मुग्लिन सडक आजबाट रातमा बन्द

चितवन । विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडक आज (आइतबार)देखि रातको समयमा बन्द हुने भएको छ । अर्को सूचना नआउँदासम्म यो समय सीमा कायम रहने छ । चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको हो । पहिरो आएर ज्यानै जान थालेपछि व्यवस्थापिका संससदको विकास समितिले दिएको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले यस्तो निर्णय लिएको हो ।‍ स्थलगत अध्ययनपछि विकास समितिले दिएको १२ बुँदे निर्देशनमा रातको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds