काठमाडौं । झापाको दमक नगरपालिकाको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको निष्पक्षतामा प्रश्न उठाउँदै कांग्रेस, माओवादीसहितका दलले मतगणना बहिस्कार गरेका छन् । निर्वाचन अधिकृत बेदराज फुयल र डीएसपीको व्यवहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले निजलाई तुरन्त फिर्ता बोलाई नयाँ निर्वाचन अधिकृत नियुक्त गरेर मात्र मत गणना कार्य अघि बढाउन कांग्रेस, माओवादी सहितका दलका उम्मेदवारले भनेका छन् ।
तपाईंको प्रतिकृया




