दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । बिहीबार बिहान घोराही-लमही सडकखण्डको बेलदमार भएको दुर्घटनामा परी गम्भीर भएको उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर प्रकाश भुसालले जानकारी दिए ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरू लमही नगरपालिका-६ बेलदमारमा दुर्घटनामा परेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य