भायनेटको ‘महामहोत्सव’: २०० एमबीपीएसको इन्टरनेट ८९९९ मा, टीभी–फ्रिज खरिदमा २८ प्रतिशत छुट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसनले चाडपर्वको अवसरमा ‘भायनेट महामहोत्सव’ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले ग्राहकहरूका लागि थप स्पिड, बचत, र रोमाञ्चकतासहित अफरलाई आर्कषक बनाएको बताएको छ । अफर योजनाअन्तर्गत ग्राहकले १२५ एमबीपीएस को सट्टा सोही मूल्यमा २०० एमबीपीएस स्पिड प्राप्त गर्ने भएका छन् ।

वार्षिक आठ हजार ९९९ रुपैयाँमा भायनेटले आफ्ना अहिलेका १२५ एमबीपीएस सब्स्क्राइब गर्ने ग्राहकलाई २०० एमबीपीएसमा अपग्रेड गरिसकेको बताएको छ । यसबाहेक भायनेटले ग्राहकको घरभरी वाइफाइ कभरेज बढाउनलाई जेटटीईको मेस वाइफाइमा अफर ल्याएको बताएको छ ।

यसअन्तर्गत मेस वाइफाइ राउटरमा एक सेटकै मूल्यमा दुई सेट पाउन सकिने भएको छ ।

यसका लागि मात्र भ्याटसहित थप तीन हजार रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । मेस अफर भायनेटका २०० एमबीपीएस वा माथिका वार्षिक ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

यसबाहेक भायनेटका तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले टीभी ब्रान्ड हिसेन्सका उपकरण खरिदमा विशेष छुट पाउने भएका छन् ।

कम्पनीका अनुसार भायनेटका ग्राहकलाई हिसेन्स टीभी, फ्रिज, वासिङ मेसिनलगायत इलेक्ट्रेनिक्स सामानमा २८ प्रतिशतसम्म छुट मिल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds