समाचार

कैलालीको भजनी नगरपालिकामा माओवादी विजयी

कैलाली ।  कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रका शेरबहादुर चौधरीले ५ हजार २२८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका केवल चौधरीले ५ हजार २५  ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

नेपालगन्जको मेयरमा राप्रपाका धवलसम्शेर, उपमेयरमा कांग्रेसकी उमा थापा विजयी

नेपालगन्ज । नेपालगन्ज उपमहमानगरपालिकाको मेयरमा राप्रपाका डा. धवलसम्शेर राणा तथा उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगर विजयी भएका छन् । थापा नेपाल प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य हुन् । स्थानीय निर्वाचनमा राणाले १२ हजार ५ सय १५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मत प्राप्त गरे । यसपटक मेयरमा जितेका राणा २०५४ सालमा नेपालगन्जको मेयर बनिसकेका छन् ।डा. राणा तत्कालीन …

पुरा पढ्नुहॊस »

चितवनमा यात्रुबाहक बस दुर्घटनाः ३ जनाको मृत्यु

चितवनको  इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना  हुदाँ घाइते भएका सातमध्ये  तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।अन्य घाइते मध्ये   मृतक थारुकी श्रीमती गम्भीर  छिन् भने अन्य तीनजनाको अवस्था  सामान्य छ ।

पुरा पढ्नुहॊस »

मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

 रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा केशवनन्द बानियाँ ३४०५ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानप्रसाद मिश्राले २१६६ मत ल्याएका छन् । त्यस्तै  उपाध्यक्षमा  पनि संघीय समाजवादी फोरम कै  सुनिता कलवारले २०५४ मत प्राप्त गरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी सिरीकान्ती बराईले १८३९ मत ल्याएकी छिन् ।

पुरा पढ्नुहॊस »

सन्धिखर्कको मेयरमा कांग्रेस विजयी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकाे मेयरमा कांग्रेसका  उम्मेदवार कमलप्रसाद भुसालले  ८३०३ मत  ल्याएर  विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

इलामको देउमाई नगरपालिकामा एमाले विजयी

इलाम  । इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोखरेल सात हजार ३४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले छ हजार ६४५ मत प्राप्त गरे ।  उपप्रमुखमा एमालेकै पविमाया राई सात हजार ३८७ मत प्राप्त गरेर विजयी भएकी छन् । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सूर्यमाया राईले छ हजार ३९० मत प्राप्त गरिन् । उता देउमाई नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर …

पुरा पढ्नुहॊस »

कपिलवस्तुमा राजपा विजयी

कपिलवस्तु । स्वतन्त्र उम्मेदवारी दिएका राजपाका  निसार अहमद खाँले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा  १ हजार ८ सय ३७ मत  ल्याएर  विजयी भएका छन् ।उनका  निकटतम प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मत ल्याएका छन् ।

पुरा पढ्नुहॊस »

कुन स्थानीय तहमा कसले जिते,सूचीसहित

एमालेले जितेका स्थानीय तहः १. मैवाखोला गाउँपालिका, ताप्लेजुङ २. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३. फुङलिङ नगरपालिका, ताप्लेजुङ ४. एङवरक गाउँपालिका, ताप्लेजुङ ५. हिलिहाङ गाउँपालिका, पाँचथर ६. कुम्मायक गाउँपालिका, पाँचथर ७. सन्दकपुर गाउँपालिका, इलाम ८. चुलाचुली गाउँपालिका, इलाम ९. माइ-जोगमार्इ गाउँपालिका, इलाम १०. मादी नगरपालिका, संखुवासभा ११. सभापोखरी गाउँपालिका, संखुवासभा १२. खाँदबारी नगरपालिका, संखुवासभा १३. मेन्छेयाम गाउँपालिका, तेह्रथुम १४. छथर गाउँपालिका, तेह्रथुम १५. अाठराइ गाउँपालिका, तेह्रथुम १६. फेदाप गाउँपालिका, तेह्रथुम १७. म्याङलुङ …

पुरा पढ्नुहॊस »

ओखलढुंगामा ५.१ रेक्टरस्केलको परकम्प

काठमाडौं ।आज बिहान ७ः४३ मिनेट जाँदा ओखलढुङ्गामा ५.१ रक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको छ।

पुरा पढ्नुहॊस »

सप्तरीमा अविरल वर्षाका कारण सयौं घर डुबानमा

शुक्रबार मध्यरातदेखि पहाडी भेगमा भएको अविरल वर्षाका कारण खाँडोलगायतका विभिन्न नदीमा आएको बाढीले सप्तरीको सयौं घर डुबानमा परेको छ। खाँडो, जिता, महुली, दुधेलालगायतका नदीमा आएको बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाउनुका साथै सडक, कल्भर्टलगायतका संरचनासमेत तहसनहस पारेर सप्तरीको जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाएको  छ। तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहालगायतका गाउँमा १ हजार ५ सयभन्दा बढी घर …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds