नेपालगन्जको मेयरमा राप्रपाका धवलसम्शेर, उपमेयरमा कांग्रेसकी उमा थापा विजयी

नेपालगन्ज । नेपालगन्ज उपमहमानगरपालिकाको मेयरमा राप्रपाका डा. धवलसम्शेर राणा तथा उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगर विजयी भएका छन् । थापा नेपाल प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य हुन् । स्थानीय निर्वाचनमा राणाले १२ हजार ५ सय १५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मत प्राप्त गरे । यसपटक मेयरमा जितेका राणा २०५४ सालमा नेपालगन्जको मेयर बनिसकेका छन् ।डा. राणा तत्कालीन नेपालगन्ज नगरपालिकाको पूर्वमेयर हुन् । उपमेयर थापाले १० हजार ७ सय ३१ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिद्धन्द्धी राप्रपाकी रमारानी बैश्यले ८ हजार ९ सय २४ मत प्राप्त गरिन् । जम्मा २३ वटा वडा रहेको उपमहानगरपालिकाका वडामाहरुमा नेपाली कांग्रेसले धेरै वडामा जितेकाे छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds