?

सप्तरीमा अविरल वर्षाका कारण सयौं घर डुबानमा

शुक्रबार मध्यरातदेखि पहाडी भेगमा भएको अविरल वर्षाका कारण खाँडोलगायतका विभिन्न नदीमा आएको बाढीले सप्तरीको सयौं घर डुबानमा परेको छ। खाँडो, जिता, महुली, दुधेलालगायतका नदीमा आएको बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाउनुका साथै सडक, कल्भर्टलगायतका संरचनासमेत तहसनहस पारेर सप्तरीको जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाएको  छ। तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहालगायतका गाउँमा १ हजार ५ सयभन्दा बढी घर डुबानमा परेको  अनुमान गरिएको छ। बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन तथा उद्धार कार्यका लागि प्राथमिकतासाथ प्रहरी परिचालन गरिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस