इलामको देउमाई नगरपालिकामा एमाले विजयी

इलाम  । इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोखरेल सात हजार ३४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले छ हजार ६४५ मत प्राप्त गरे ।  उपप्रमुखमा एमालेकै पविमाया राई सात हजार ३८७ मत प्राप्त गरेर विजयी भएकी छन् । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सूर्यमाया राईले छ हजार ३९० मत प्राप्त गरिन् ।

उता देउमाई नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर प्यानलसहित विजयी भएका छन् । वडा नं २ को वडाध्यक्षमा काँग्रेसका भवानी शङ्करको प्यानलनै विजयी भएको छ भने वडा–३ को वडाध्यक्षमा एमालेका दाबा तामाङको प्यानल विजयी भएकाे छ । वडा–४ मा काँग्रेसका राजेन्द्र बाँस्तोला ७३८ मत ल्याएर प्यानलसहित विजयी भए भने वडा–५ मा काँग्रेसका दिलीपकुमार कार्कीसहित नेकाका दुई र एमालेका दुई सदस्य विजयी भए ।

वडा–६ मा एमालेका भगीरथ राई प्यानलसहित विजयी भए भने वडा–७ को वडाध्यक्षमा काँग्रेसका झक्तबहादुर लिम्बू ८४० मत ल्याएर विजयी भए त्यस्तै वडा–८ को वडाध्यक्षमा एमालेका चन्द्र मगर एक हजार ६९ मतसहित विजयी हुनुभयो भने वडा–९ को वडाध्यक्षमा एमालेका प्रेम बराल प्यानलसहित विजयी भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस