पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।अन्तिम मत परिणामअनुसार नगरपालिकाकाे प्रमुखमा एमालेका दिलीपकुमार राईले नौ हजार ८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत ल्याए । उता उपप्रमुखमा पनि एमालकी यमुना विष्ट नौ हजार ९२६ मत ल्याएर विजयी भएको छ । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी प्रेमला राईले सात हजार ३४४ मत ल्यार्इन् । सो नगरका जम्मा १० वडामध्ये एमालेले ५ वडाध्यक्ष, काँग्रेसले तीन, माओवादीले एक जित्नुका साथै पथरीशनिश्चरे– ६ बाट स्वतन्त्र उम्मेदवार जयबहादुर तामाङ विजयी भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बिहानको पछिल्लो अपडेट : इलाममा फराकिलो अग्रता बनाउँदै सुहाङ, कसको मत कति ?

काठमाडौं । प्रतिनिधि सभा अन्तगरत इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको …

प्रतिकृया दिनुहॊस