समाचार

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

काठमाडाैँ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत   चर्चित रहेका छन् । कतिपयले रिमाललाई रेडियो नेपालको पहिलो गायक भन्ने गरेका भए पनि यसको रेकर्ड अरुकै नाममा छ । रिमालभन्दा अगाडि मलेवादेवीलगायतले गीत रेकर्ड गराइसकेका थिए । गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि …

पुरा पढ्नुहॊस »

बिमस्टेक राष्ट्रका प्रमुखबीच साेल्टी हाेटलमा रिट्रिट सुरु

काठमाडाैँ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि अायाेजना गरिएकाे ‘रिट्रिट’ होटल सोल्टीमै सुरु भएकाे छ । बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/ सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित सोल्टी होटलमा रिट्रिट शुरु भएको हो । बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथीलाई स्वागत गरे । त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

पुरा पढ्नुहॊस »

चौथो बिमस्टेक शिखर सम्मेलन सुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि  बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । भोलीसम्म चल्ने शिखर सम्मेलनको लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन  गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहॊस »

घरको छतबाट खसेर १ महिलाको मृत्यु

नुवाकोट । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका- १ ढुंगेबजार घर भएकी २९ वर्षीया सिर्जना ढुंगाना छिन् । फोहोर फाल्नका लागि दुई तल्लामाथि रहेको घरको छतमाथि पुगेकी ढुंगाना एक्‍कासी  चिप्लिएर सडकमा खसेकी थिइन् । उनलाई तत्काल स्थानीयबासीले उद्धार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पुर्‍याइएको थियो।तर उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

पुरा पढ्नुहॊस »

आज दिउँसो साढे ३ बजे बिम्स्टेक उद्घाटन

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज दिउँसो साढे ३ बजे उद्घाटन  हुँदैछ।  सम्मेलनमा भाग लिन ६ देशका राष्ट्र प्रमुखहरु काठमाडौं आइपुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । उद्घाटन समारोह सकिएपछि सबै देशका राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् ।सम्मेलनको कार्यसूचीअनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन गरिनेछ। तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन …

पुरा पढ्नुहॊस »

भूकम्पको केन्द्र बिन्दु गोरखामा ५० प्रतिशत पुनर्निर्माण

काठमाडौं ।  भूकम्पको केन्द्र बिन्दु गोरखामा अहिलेसम्म ५० प्रतिशत घरको मात्र पुनर्निर्माण हुन सकेको छ । २०७२ वैशाख १२ मा गोरखाको वारपाकलाई केन्द्र बनाई गएको शक्तिशालीभूकम्पकाकारण ६१ हजार तीन सय  घर भत्किएकाथिए । भत्किएका घरमध्येजम्मा ३० हजार दुई सय ३० वटा घरमात्र बनेको छ । ५८ हजार पाँच सय १७ जना लाभग्राहीले पहिलो किस्ता रकम लगेकाथिए’, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार गोरखाका प्रमुख रामकुमार श्रेष्ठले भने, ‘अहिलेसम्म ३० हजार दुई सय …

पुरा पढ्नुहॊस »

आजबाट बिम्स्टेक शिखर सम्मेलन,बिमस्टेकमा भाग लिन ६ देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौंमा

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा शुरु हुँदैछ ।सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन्।

पुरा पढ्नुहॊस »

स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल दुर्घटना

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा प्रहरीको मोटरसाइकल  कालिमाटीमा  दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

पुरा पढ्नुहॊस »

सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

सुर्खेत।घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु  भएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको  हो । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया  रामकला कामी, उनीहरुका ४ वर्षका छोरा  रूपलाल ,छोरीहरू ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगा छन् ।  ११ वर्षीया छोरी सुनिता घाइते   छिन। सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

भुटानका विशिष्ट पाहुना काठमाडौंमा, श्रीलंकाका राष्ट्रपति आउँदै

काठमाडौं ।काठमाडौंमा हुने   विमिष्टेक सम्मेलमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान आइपुगेका छन्।वाङचुकलाई सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। बिमस्टेकमा सहभागी हुन सात सदस्य राष्ट्रका उच्च सरकारी अधिकारी र विदेशमन्त्रीहरू काठमाडौं आइसकेका छन्। त्यसैगरि,आजै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना पनि काठमाडौं आउँदैछन्। आज बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकले सम्मेलनका एजेन्डा तय गर्ने तयारी छ। बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको …

पुरा पढ्नुहॊस »