करणी गर्नेलाई सर्वस्वसहित जन्मकैद !

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जघन्य महिला हिंसामा संलग्नलाई सर्वस्वसहित जन्मकैद र मृत्युदण्डको माग गरेका छन् ।

महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत सङ्कल्प प्रस्तावमाथि उनेहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ‘महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिएको र उपभोग्य साधनका रुपमा मात्रै लिइएका कारण’ हिंसा बढेकाले कानूनी एवं व्यावहारिक रुपमा नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

सङ्कल्प प्रस्ताव प्रस्तुत गर्दै सांसद विन्दा पाण्डेले समृद्धिको पहिलो आधारका रुपमा हिंसामुक्त समाज निर्माण गर्न विद्यालय तहका पाठ्यक्रममा महिला हिंसाविरुद्धको विषय समावेश गर्न आवश्यक रहेको जोड दिइन् ।

उनले पीडितहरुप्रति सरकार गम्भीर नभएको गुनासो गरिन् । अपराध गरेर जेल बस्नेहरुको जीवन निर्वाहबारे वजेटमै व्यवस्था गर्ने तर, पीडितहरुको शिक्षा, दिक्षा, मनोवैज्ञानिक परामर्श लगायतमा सरकारको ध्यान नपुगेको उनले बताइन् ।

पीडितलाई अपराधीलाई जस्तै समाजबाट विस्थापित गर्ने होइन, सम्मानपूर्वक समाजमा पुनर्स्थापित गर्न सरकारले अगुवाई गर्नुपर्नेमा जोड दिइन् ।

कांग्रेस सांसद पुष्पा भुषाल, नेकपाकी यशोदा सुवेदी लगायतले प्रस्तावको समर्थन गरेका छन् । महिला हिंसा रोक्न सरकारलाई निर्देशन दिने संकल्प प्रस्तावको पक्षमा पुरुष सांसदहरु पनि उभिएका छन्  । सांसद खगराज अधिकारीले आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म महिला हिंसाविरुद्ध लाग्ने सङ्कल्प प्रस्तुत गर्दै पार्टीमा महिला निर्विरोध हुने अवस्था आए आफूले सो पद छाडिदिने स्पष्ट पारे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस