समाचार

पशुपतिनाथमा वार्षिक १३ करोडको भेटी

काठमाडौं । पशुपतिनाथलाई पछिल्लो सात वर्गामा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ ।  पशुपति विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा तथ्य सार्वजनिक गरेको हो । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुंगानालो पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड भेटी प्राप्त भइरहेको जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ । २०६८ सालअघि पशुपतिनाथको भेटीको गणना गर्ने चलन थिएन । यो वर्षमा साउन महिनाको सोमबार, बोलबम …

पुरा पढ्नुहॊस »

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । आश्विन नवरात्रको तेस्रो दिन अाज माता दुर्गाको तेस्रो शक्तिस्वरुप चन्द्रघण्टा देवीको पूजाआजा गरी मनाईँदैछ । चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, …

पुरा पढ्नुहॊस »

नेकपाको जिल्ला कार्यदलले थाल्यो काम

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवन अर्थात साविक एमाले पार्टी कार्यालय भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । कार्यदलका ज्येष्ठ सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा बसेको सो बैठकले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जिल्लाका सातै स्थानीय तहमा छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय …

पुरा पढ्नुहॊस »

दार्चुलाबाट काठमाडौँ र पोखरा ल्याइए भेडा-च्याङ्ग्रा

काठमाडाैं । दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा र खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताए । विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा …

पुरा पढ्नुहॊस »

गिट्टी बोकेर रेल जनकपुरमा आइपुग्यो

धनुषा । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल बुधबार जनकपुर आइपुगेको छ । बुधबार अपराह्न ब्लास्ट बोकेको ५३ र्‍याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्‍याकमा लोड गरिएको ब्लास्ट मजदूरले लिकमा झार्दै आएका हुन् । …

पुरा पढ्नुहॊस »

दैनिक सवा लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिँदै

काठमाडाैं । काठमाडौं उपत्यकाबाट दसैँ मान्न घर जाने क्रम वढेको छ । विगत केही दिनदेखि विभिन्न नाका हुँदै दैनिक सवा लाख सर्वसाधारणले उपत्यकाबाट बाहिरिने गरेका छन् । केही दिनदेखि दैनिक सवा लाख भन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रु बाहिरने क्रम वढेकाले यतिबेला सवैजसाे सडकमा सवारीकाे चाप छ । काठमाडौँ उपत्यकाबाट थानकोट नाका, विपी राजमार्ग, बल्खु-कुलेखानी-हेटौंडा सडकबाट धेरैजसो यात्रु बाहिरिने गरेका छन् । विपी राजमार्गको …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले पोखराबाट भारत र चीन उडान गर्ने

सर्वसाधारणलाई ३० प्रतिशत शेयर बिक्री गर्ने तयारी काठमाडाैं । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारत र चीनमा उडान गर्ने भएको छ । स्थापनाको २१ वर्ष पूरा गरी २२ वर्ष प्रवेशको अबसरमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनमा उडान गर्ने योजना रहेको बताएका छन् । बुद्ध एयरले १४ वटा विमानबाट भारत र चीनका प्रमुख शहरमा उडान गर्न लागेको खबर आजको समाचारपत्र दैनिकले छापेको छ …

पुरा पढ्नुहॊस »

दैनिक उपभोग्य बस्तुमा अचाक्ली मूल्य वृद्धि : केमा कति वढ्यो ?

काठमाडाैं । चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ । भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ । सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लखेका छन्। थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि …

पुरा पढ्नुहॊस »

केपी र प्रचण्डलाई स्थानीय नेताको प्रश्न- वामदेवको लागि किन उपचुनाव?

काठमाडाैं । वामदेव गौतमलाई उपचुनावमार्फत् संसद्मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं–७ खाली गराउन स्थानीय नेताले नेकपाका अध्यक्षद्वयलाई सुझाब दिएका छन्। प्रतिनिधिसभाका सांसद् रामवीर मानन्धरले राजिनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारीपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्। प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्युच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराएका छन्। …

पुरा पढ्नुहॊस »

कपिलवस्तुकै सांसद् प्रचार गर्छन्- बुद्ध भारतमा जन्मिएका हुन् !

काठमाडाैं । प्राचिन बुद्ध नगरी कपिलबस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलबस्तु–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । भारतको सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध …

पुरा पढ्नुहॊस »