समाचार

घुस नखाने कसम खाएको १० दिन नबित्दै १६ पक्राउ

काठमाडौं । सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् । प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे । १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्यो । ‘बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस …

पुरा पढ्नुहॊस »

अब मन्त्रीको ‘मनिटरिङ’ अनलाइनबाट

काठमाडाैं । मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तचथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको छ । राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्नेछ । त्यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन् । सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्रम पूरा गर्न तय गरेको ‘एक्सन प्लान’अनुसारको प्रगति हरेक …

पुरा पढ्नुहॊस »

धादिङमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्गको भिमसेनस्थानबाट कच्ची सडक चकमकेतर्फ जाँदै गरेको  बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा ३ जनाको मृत्यु  भएकाे छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले …

पुरा पढ्नुहॊस »

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिंदै

काठमाडौं । नवरात्रिको चौथो दिन देवी कुष्माण्डाको पूजा गरिंदै छ । आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो । जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन् । त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ ।  यी देवीको आठवटा हात रहेको छ । यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने …

पुरा पढ्नुहॊस »

नुवाकोटमा बस दुर्घटना: २ को मृत्यु, ३० यात्रु घाइते

काठमाडाैं । नुवाकोटको दुप्चेश्वर समुन्टारबाट त्रिशुली जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ३० यात्रू घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यात्रु बोकेर त्रिशुलीतर्फ आउँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने क्रम जारी छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

पुरा पढ्नुहॊस »

खाद्य संस्थानले सुरु गर्‍याे खसीबोका र च्याङ्ग्रा बिक्री

काठमाडाैं । सरकारले दसैंका लागि आजदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको हो । संस्थानका अनुसार बिहीबार साँझसम्म १८० खसीबोका तथा चार सय च्यांग्रा काठमाडौं ल्याइसकिएको छ । मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक …

पुरा पढ्नुहॊस »

पूर्वी र मध्यपहाडी क्षेत्रमा आज र भोली सामान्य वर्षा

काठमाडौं । भारतको उडिसा क्षेत्रमा चक्रवत रहेकाले नेपालको उत्तरपूर्वी क्षेत्रमा त्यसको प्रभाव देखिएको छ । यसैको प्रभावका कारण शुक्रबार बिहान देशको पूर्वी र मध्य भागमा सामान्य वर्षा भएको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । “उडिसा क्षेत्रमा देखिएको चक्रवत नेपालको उत्तरपूर्वी क्षेत्रतर्फ अगाडि बढेका कारण आज र भोली पूर्वी र मध्यभागका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना देखिएको छ,” महाशाखाका मौषमविद् राजु प्रधानाङ्गले भने । नेपालमा असोज …

पुरा पढ्नुहॊस »

आज विश्व वाथरोग दिवस : वाथरोग कसरी थाहा पाउने ?

काठमाडाैं । आज विश्व वाथरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शरीरका हाडजोर्नी, माशपेशी, छाला, नशा दुख्ने समस्या वाथरोग हो । बाथ रोगको प्रकार सय भन्दा बढी भएकाले यसले हाडजोर्नी बाहेक मुटु, मृगौला, फोक्सो, टाउको, कलेजो लगायतका शरिरको भित्री अंगलाई पनि असर गर्ने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले बताए । उनका अनुसार उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहेको बाथ रोगको समयमा उपचार नभए हाड, र्जोनी …

पुरा पढ्नुहॊस »

भूकम्प पीडितले अनुदान लिने समय थपियो

काठमाडाैं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ ।  प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो’, उनले भने । प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता लिन बाँकी लाभग्राहीले पुस मसान्तसम्म समयावधि थप गरेको …

पुरा पढ्नुहॊस »

चुनाव लड्ने योजनाबाट किन ‘ब्याक’ भए वामदेव गौतम?

काठमाडाैं । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन्। स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा …

पुरा पढ्नुहॊस »