नुवाकोटमा बस दुर्घटना: २ को मृत्यु, ३० यात्रु घाइते

काठमाडाैं । नुवाकोटको दुप्चेश्वर समुन्टारबाट त्रिशुली जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी ३० यात्रू घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यात्रु बोकेर त्रिशुलीतर्फ आउँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेलाई उपचारका लागि अस्पताल लैजाने क्रम जारी छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री