खाद्य संस्थानले सुरु गर्‍याे खसीबोका र च्याङ्ग्रा बिक्री

काठमाडाैं । सरकारले दसैंका लागि आजदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको हो ।

संस्थानका अनुसार बिहीबार साँझसम्म १८० खसीबोका तथा चार सय च्यांग्रा काठमाडौं ल्याइसकिएको छ । मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिएका छन् ।

दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए । दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करिब ५१० वटा खसी बोका मात्र खरिद गरिएको उनले बताए ।

दसैंका बेला खसीबोका तथा च्यांग्राको कारोबार उच्च हुने गर्छ  । व्यापारीले चर्को मूल्य लिएर खसीबोका तथा च्यांग्रा बिक्री गर्दा उपभोक्ता ठगिने गरेका छन् । बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गरिएकाे संस्थानले दाबी गरेकाे छ । संस्थानका बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बजारको भन्दा सस्तो मूल्यमा बिक्री वितरण हुने बताए ।

सिंग हेरेर छान्नुस् खसी
चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् ।

सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ । निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ ।

रोगी हुन्छन् यस्ता चौपाया
निर्देशनालयका अनुसार चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भए/नभएको पत्ता लगाउन सकिन्छ । छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुन सक्छन्  ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस