पूर्वी र मध्यपहाडी क्षेत्रमा आज र भोली सामान्य वर्षा

काठमाडौं । भारतको उडिसा क्षेत्रमा चक्रवत रहेकाले नेपालको उत्तरपूर्वी क्षेत्रमा त्यसको प्रभाव देखिएको छ ।

यसैको प्रभावका कारण शुक्रबार बिहान देशको पूर्वी र मध्य भागमा सामान्य वर्षा भएको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“उडिसा क्षेत्रमा देखिएको चक्रवत नेपालको उत्तरपूर्वी क्षेत्रतर्फ अगाडि बढेका कारण आज र भोली पूर्वी र मध्यभागका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना देखिएको छ,” महाशाखाका मौषमविद् राजु प्रधानाङ्गले भने ।

नेपालमा असोज १९ गतेबाट मनुसन बाहिरिएकाले दसैंमा देशका कुनै पनि स्थानमा भारी वर्षा नहुने प्रधानाङ्गले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस