धादिङमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्गको भिमसेनस्थानबाट कच्ची सडक चकमकेतर्फ जाँदै गरेको  बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा ३ जनाको मृत्यु  भएकाे छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने सावित्रीको उपचारका लागि काठमाडाैं तर्फ लैजादै गर्दा मृत्यु भएको हाे ।

दुर्घटनामा परेको टिप्पर सडकबाट ६ सय मिटर तल पुगेको थियो । टिप्परमा रहेका अन्य तीन जनालाई उपचारका लागि काठमाडौंमा रहेका ट्रमा सेन्टर पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ …

प्रतिकृया दिनुहॊस