अब मन्त्रीको ‘मनिटरिङ’ अनलाइनबाट

काठमाडाैं । मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तचथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको छ । राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्नेछ ।

त्यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन् । सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्रम पूरा गर्न तय गरेको ‘एक्सन प्लान’अनुसारको प्रगति हरेक महिनाको ७ गते प्रत्येक निकायले अनलाइनमार्फत् प्रधानमन्त्री कार्यालयमा पेश गर्नु पर्नेछ ।

कामको प्रगति विवरण प्रधानमन्त्री र उन मातहतका अधिकारीले अनुगमन र मूल्यांकन गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशैभर मनसुनी वायु सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहॊस