काठमाडाैं । गणतन्त्र स्थापनापछि नै गणतान्त्रिक शक्तिसँग नजिक देखिएका राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनाको पक्षमा फेरि वकालत गरेका छन् । ताप्लेजुङमा धार्मिक पर्यटकीय स्थल पाथीभरा दर्शनपछि पत्रकारहरुसँग अन्तरक्रियाको क्रममा नेता थापाले राजसंस्थाको खुबै प्रसंसा गरे । यस क्रममा उनले ‘राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्र’ नै आफ्नो पार्टीको बटमलाइन भएको दोहोर्याएका छन् । राजसंस्था बिना मुलुकको राष्ट्रियता र राष्ट्रिय एकता बलियो नहुने उनको जिकिर थियो । साथै नेपालको धार्मिक, साँस्कृतिक …
पुरा पढ्नुहॊस »झारफुक गर्ने निहुँमा बलात्कार
बर्दिया । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन् । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा …
पुरा पढ्नुहॊस »कांग्रेस विधानमा थपिँदैछन् ७ नयाँ प्रावधान
काठमाडाैं । आगामी मंसिरमा तय भएको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा लेखनलाई अन्तिम चरणमा पुर्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा मधुसुधन भटट्राईले लखेका छन् । केन्द्रमा उम्मेदवार हुन बुथ समितिबाटै निर्वाचित हुनुपर्ने, सदस्यता मतदाता नामावली भएकै स्थानबाट मात्रै लिने व्यवस्था, क्रियाशील सदस्यता र साधारण सदस्यताको प्रावधान हटाएर एकै किसिमको सदस्यताको व्यवस्था, टिकट बाँड्ने संसदीय समिति …
पुरा पढ्नुहॊस »२९ वर्षमै ९ सन्तान ! ४०-४२ वर्षमै हुन्छ चेपाङ महिलाको मृत्यु
काठमाडाैं । पिठ्युँमा ७ महिने नानी र अगाडि १७ महिने छोरा बोकेर गत साता मकवानपुरको कैलाश गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा आएकी ज्योतिमाया चेपाङ भर्खर २९ वर्षकी भइन् । तर उनी नौ वटा बच्चाकी आमा बनिसकेकी छन्। नौमध्ये सात जीवित छन्। यो खबर आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले लेखेका छन्। १३ वर्षको उमेरमा विवाह गरेकी ज्योतिका सात महिनादेखि १० वर्षसम्मका बालबचच्चा छन्। १४ वर्षमा पहिलो सन्तान जन्माएकी ज्योतिमा अहिले श्वासप्रश्वास र आङ …
पुरा पढ्नुहॊस »यी हुन् भाग्यमानी महिला, जो पटक-पटक मन्त्री भए
काठमाडाैं । गणतन्त्र स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्यो । यसले महिलालाई राजनीतिमा अगाडि आउन सहयोग गर्यो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र सापकोटाले लेखेका छन् । सहाना प्रधान, हिसिला यमी, कमला पन्त, राधा ज्ञावाली तीन पटक मन्त्री भए। देशकै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दुई पटक मन्त्री भइन् भने दुई कार्यकाल राष्ट्रपति बनिन् । …
पुरा पढ्नुहॊस »मन्त्रीको मनपरी : जन्मदिन मनाउन सरकारी खर्च, सकियो ४० लाख
काठमाडौं । अनुगमनको बहानामा मन्त्रीहरूले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोेतको दाबी छ । ‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएकोसमेत भेटिएको छ,’ कार्यालयका एक उच्च अधिकारी भन्छन् । स्रोतका अनुसार अधिकांश मन्त्रीको अनुगमन प्रतिवेदनसमेत विश्वासयोग्य छैन । कतिपय मन्त्रीले घरायसी, व्यक्तिगत र पार्टीको काममा खर्च गरेको …
पुरा पढ्नुहॊस »शिक्षकलाई सामाजिक सञ्जालमा अंकुश, के-के गर्न पाइन्न ?
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो । कात्तिक १३ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा …
पुरा पढ्नुहॊस »ल्याण्डरोभरको ठक्करबाट मोटरसाइकलमा सवार ज्वाईँ-जेठानको मृत्यु
काठमाडाैं । बाँकेको कोहलपुरमा शुक्रबार बेलुका ल्याण्डरोभर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएकाे छ । बाँकेको कोहलपुर विद्युत चोक नजिक बा ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका –१, भूरिगाउँका ५५ वर्षीय काशीचन्द्र न्यौपाने र ठाकुरबाबा नगरपालिका –९, ठाकुरदराका ५० वर्षीय इन्द्रप्रसाद भट्टराईको मृत्यु भएकाे हाे । दुर्घटनामा मृत्यु भएकामध्ये काशीचन्द्र न्यौपाने ज्वाईँ र देवीराम भट्टराई …
पुरा पढ्नुहॊस »जापानले विदेशी कामदार सम्बन्धी नियम खुकुलो बनाउने
काठमाडाैं । जापानले आप्रवासी कामदारका नियमलाई खुकुलो बनाउने योजना अघि सारेको छ । मन्त्रिपरिषदले आप्रवासी नियम खुकुलो बनाउने विधेयकलाई पारित गरेको छ। जसअनुसार जापानले जारी गर्ने भिषामा नयाँ दुई समूह थप गरिने छ । जसले शारीरिक श्रम गर्ने विभिन्न समूहमा जापान आउने कामदारहरुको प्रवेश गर्न सहज बन्ने छ । जापानले निर्माण, कृषि तथा स्वास्थ्य क्षेत्रसहित एक दर्जन क्षेत्रमा शारीरिक श्रम गर्नुपर्ने रोजगारीमा आउनेहरुका लागि नियम खुकुलो बनाउन लागेको हो । …
पुरा पढ्नुहॊस »पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज
काठमाडाैं । सोमबार छातीमा समस्या भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् । छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए । कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले भेटघाट गरे । शुक्रबार स्वास्थ्य परीक्षणको …
पुरा पढ्नुहॊस »