ल्याण्डरोभरको ठक्करबाट मोटरसाइकलमा सवार ज्वाईँ-जेठानको मृत्यु

काठमाडाैं । बाँकेको कोहलपुरमा शुक्रबार बेलुका ल्याण्डरोभर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएकाे छ ।

बाँकेको कोहलपुर विद्युत चोक नजिक बा ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका –१, भूरिगाउँका ५५ वर्षीय काशीचन्द्र न्यौपाने र ठाकुरबाबा नगरपालिका –९, ठाकुरदराका ५० वर्षीय इन्द्रप्रसाद भट्टराईको मृत्यु भएकाे हाे ।

दुर्घटनामा मृत्यु भएकामध्ये काशीचन्द्र न्यौपाने ज्वाईँ र देवीराम भट्टराई जेठान रहेको बताइएको छ । ल्याण्डरोभरले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका दुवै जना कामको सिलसिलामा नेपालगञ्ज गएर घर फर्कने क्रममा नेपालगञ्जको सिद्धार्थ होटलको ल्याण्डरोभर गाडीले कोहलपुर नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने नेपालगञ्जमा रहेको सिद्धार्थ होटलको ल्याण्डरोभर गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको कोहलपुर प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस