समाचार

लागुऔषध तस्करीमा जनप्रतिनिधि, ३७ किलो चरेससहित तीन जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले शनिबार राति बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति करिब ८ बजे बुटवल उपमहानगरपालिका -१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज …

पुरा पढ्नुहॊस »

भुटानमा ११ जनाको मन्त्रीपरिषद, दुई मन्त्री नेपाली भाषी

काठमाडाैं । भुटानमा दुईजना नेपाली भाषी मन्त्री चयन भएका छन् । सरकार गठन गर्न संसदमा बहुमत सिद्ध गरेको ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले नेपाली भाषी सांसद जयबीर राई र लोकनाथ शर्मालाई मन्त्री चयन गरेको हो । डिएनटीले शनिबार अपरान्ह राजधानी थिम्पुमा सार्वजनिक गरेको मन्त्रीपरिषद टिममा नेपाली भाषी सांसदहरू लोकनाथ शर्मालाई आर्थिक मामिला र जयबीर राईलाई शिक्षा मन्त्री नियुक्त गर्ने निर्णय भएको जनाएको हो । भुटानमा केही साताअघि सम्पन्न निर्वाचनमा …

पुरा पढ्नुहॊस »

धानमा सिन्डिकेट : सरकारले तोकेको मूल्य पाएनन् किसानले

काठमाडाैं । विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गर्थो। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो। यस वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले साउन तेस्रो साता नै धानको समर्थन मूल्य तोक्यो। माफियाको चलखेल र व्यवसायीको सिन्डिकेटका कारण सरकारले तोकेको समर्थन मूल्य किसानले पाउन सकेका छैनन्। किसानले सरकारले तोकेभन्दा प्रतिकेजी ५ रुपैयाँसम्म सस्तोमा धान बेचिरहेका छन्। यो खबर आजको नागरिक दैनिकमा …

पुरा पढ्नुहॊस »

यी हुन् उपत्यकाका २३ ‘ब्ल्याक स्पट’

काठमाडाैं । बढ्दो ट्राफिक दुर्घटनासँगै ट्राफिक प्रहरीले उपत्यकाका २३ ‘ब्ल्याक स्पट’ पहिचान गरेको छ । चालक संवेदनशील नभएपछि दुर्घटना बढेको ठम्याउँदै सचेत गराउन ब्ल्याक स्पट पहिल्याइएको हो। एउटै ठाउँमा धेरै दुर्घटना भए त्यस्तो ठाउँलाई ब्ल्याक स्पट भन्ने गरिन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, थानकोट, सीतापाइला, कालिमाटी, गोंगबु, बूढानीलकण्ठ महाराजगन्ज, सुकेधारा, चाबहिल, बौद्ध, गौशाला, सिनामंगल, तीनकुने, कोटेश्वर, ललितपुरको पुल्चोक, जावलाखेल, सानेपा, सातदोबाटो, एकान्तकुना, भक्तपुरको सल्लाघारी र जगातीलाई ब्ल्याक स्पष्ट …

पुरा पढ्नुहॊस »

प्रचण्ड सरकारको बचाउमा, बामदेव विरोधमा, किन बाझिँन थाल्याे शीर्ष नेताहरुको बोली?

काठमाडाैं । ‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ। अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा । ‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ।’ –वामदेव गौतम, सचिवालय सदस्य नेकपा। यी दुई बोली नेकपाका दुई शीर्ष …

पुरा पढ्नुहॊस »

विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार

काठमाडाैं । सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजी क्षेत्रले समेत त्यसमा चासो व्यक्त गरेको छ। तत्कालै नीतिगत व्यवस्था भए चार्जिङ स्टेशन बनाउन आफूहरू तयार रहेको निजी क्षेत्रको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था (इपान)ले सरकारले वातावरण बनाइदिए आफूहरू आगामी ६ महिनाभित्रै चार्जिङ स्टेशन जडान गरी सञ्चालनमा ल्याउने स्पष्ट पारेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले विद्युतीय सवारी साधनप्रति आम नागरिकको चासो बढ्दै गएको सन्दर्भमा सरकारले नीतिगत …

पुरा पढ्नुहॊस »

अब कालीञ्चोकमा पनि केबुलकार, भाडा पाँच सय

काठमाडाैं । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा शनिबारदेखि केबलकार सञ्चालनमा आएको छ । केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । दसैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यवसायिक रूपमै सञ्चालनमा आएको हो । कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा …

पुरा पढ्नुहॊस »

मन्त्री अधिकारीको भिषा च्यातिएपछि बेलायत भ्रमण रद्द

 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्ध भएको छ । नेपालीहरुकालागि बेलायतले भिसा भारतस्थित दुतावासबाट दिने गरेको छ । भारतीय दुतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिषा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्ध भएको छ । नोभेम्वर ५ देखि ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन जान लाग्नु भएका मन्त्री अधिकारीको भिसामा भीएफएस ग्लोवल नेपालले च्यातिएको …

पुरा पढ्नुहॊस »

मानपुरे डाँडामा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काठमाडाैं । काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नम्बरको खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

पार्टीलाई एक ढिक्का नबनाईकन म विश्राम लिन्न : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का …

पुरा पढ्नुहॊस »