काठमाडाैं । आगामी मंसिरमा तय भएको महासमिति बैठकमा पेस गर्ने गरी कांग्रेसको विधान संशोधन कार्य अन्तिम चरणमा पुगेको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले विधान मस्यौदा लेखनलाई अन्तिम चरणमा पुर्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा मधुसुधन भटट्राईले लखेका छन् ।
केन्द्रमा उम्मेदवार हुन बुथ समितिबाटै निर्वाचित हुनुपर्ने, सदस्यता मतदाता नामावली भएकै स्थानबाट मात्रै लिने व्यवस्था, क्रियाशील सदस्यता र साधारण सदस्यताको प्रावधान हटाएर एकै किसिमको सदस्यताको व्यवस्था, टिकट बाँड्ने संसदीय समिति चार तहको रहने व्यवस्था, तीन तहमा स्थायी प्रकृतिका अनुशासन समितिको व्यवस्था, समावेशी कोटामा एकपटकभन्दा बढी अवसर नदिने व्यवस्था र केन्द्रीय कार्यसमिति १२१ देखि १२५ सम्म मात्र राखिने व्यवस्था विधानमा थप्ने तयारी कांग्रेसले गरेको छ ।
प्रतिकृया दिनुहॊस