पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज

काठमाडाैं । सोमबार छातीमा समस्या भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् । छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए । कानुनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतसँग उनले भेटघाट गरे । शुक्रबार स्वास्थ्य परीक्षणको रिपोर्ट हेरेर चिकित्सकले डिस्चार्ज गरेका हुन् ।

ओलीको उपचारको नेतृत्व डा. अरुण सायमीले गरेका थिए । चिकित्सकको टोलीमा निजी चिकित्सक डा. दिव्या सिंह र अर्का चिकित्सक सन्तकुमार दास सहभागी थिए । प्रधानमन्त्री ओली टिचिङ अस्पतालबाट सिधै बालुवार फर्किएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तारले रुखमा बाँधेर जलाइएको अवस्थामा भेटियो युवकको शव

काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । …

प्रतिकृया दिनुहॊस