जापानले विदेशी कामदार सम्बन्धी नियम खुकुलो बनाउने

काठमाडाैं । जापानले आप्रवासी कामदारका नियमलाई खुकुलो बनाउने योजना अघि सारेको छ । मन्त्रिपरिषदले आप्रवासी नियम खुकुलो बनाउने विधेयकलाई पारित गरेको छ। जसअनुसार जापानले जारी गर्ने भिषामा नयाँ दुई समूह थप गरिने छ ।

जसले शारीरिक श्रम गर्ने विभिन्न समूहमा जापान आउने कामदारहरुको प्रवेश गर्न सहज बन्ने छ । जापानले निर्माण, कृषि तथा स्वास्थ्य क्षेत्रसहित एक दर्जन क्षेत्रमा शारीरिक श्रम गर्नुपर्ने रोजगारीमा आउनेहरुका लागि नियम खुकुलो बनाउन लागेको हो । जापानले शारीरिक श्रम समूहका जापान जाने कामदारलाई पाँच वर्षको अनुमति दिने छ । त्यस अवधीमा कामदारले निर्धारण गरिएको स्तरका दक्षता देखाए र जापानी भाषामा पेख्त भए परिवारसमेत जापान ल्याउन पाउने व्यवस्था गरिने भएको छ ।

दोस्रो समूहका उच्चस्तरको दक्षता भएका कामदारको समूह रहेको छ । यस्ता कामदारले परिवार ल्याउन पाउने र स्थायी बसोबास अनुमति प्राप्त गर्ने छन् । जसले श्रमिकका अभाव भोग्दै आएको जापानमा विदेशी कामदारलाई प्रवेश सहज बनाउने छ । अहिले १२ लाख ८० हजार विदेशी कामदार जापानका रहेका छन् । यो विधेयक पारित भए पाँच लाख विदेशी कामदार थपिने अनुमान गरिएको छ । जापान संसारकै कडा आप्रवास सम्बन्धी नियम भएको देशमा पर्छ ।

सरकारले तयार पारेको मस्यौदा संसदबाट पारित हुनपर्छ । विपक्षी दलहरुले भने सरकारले गर्न खोजेको नयाँ व्यवस्थाले जापानमा ज्यालामा प्रभाव पार्ने र अपराध बढ्ने भन्दै चासो व्यक्त गरेका छन् । जापानका व्यवसायीहरुले भने अन्य देशबाट समेत कामदार ल्याउन पाउने गरी आप्रवास सम्बन्धी नियम परिवर्तन गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गगनलाई रविको चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण …

प्रतिकृया दिनुहॊस