भुटानमा ११ जनाको मन्त्रीपरिषद, दुई मन्त्री नेपाली भाषी

काठमाडाैं । भुटानमा दुईजना नेपाली भाषी मन्त्री चयन भएका छन् । सरकार गठन गर्न संसदमा बहुमत सिद्ध गरेको ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले नेपाली भाषी सांसद जयबीर राई र लोकनाथ शर्मालाई मन्त्री चयन गरेको हो ।

डिएनटीले शनिबार अपरान्ह राजधानी थिम्पुमा सार्वजनिक गरेको मन्त्रीपरिषद टिममा नेपाली भाषी सांसदहरू लोकनाथ शर्मालाई आर्थिक मामिला र जयबीर राईलाई शिक्षा मन्त्री नियुक्त गर्ने निर्णय भएको जनाएको हो । भुटानमा केही साताअघि सम्पन्न निर्वाचनमा संसदका ४७ स्थानमध्ये ३० स्थान जितेर डिएनटीले सरकार बनाउन बुहमत सिद्ध गरेको थियो। डिएनटीका ३० सांसदमध्ये ९ जना नेपाली भाषी छन् ।

यी हुन् नेपाली भाषी दुई मन्त्रीः –

पार्टीले सभापति डा. लोटे छिरिङ प्रधानमन्त्रीसहित मन्त्रीपरिषदका ११ जनाको नाम सार्वजनिक गरेको छ । जसमा लोकनाथ शर्मा आर्थिक मामिला, जयबीर राई शिक्षा, उगेन दोर्जे श्रम तथा मानव संशाधन, कर्मा वाङदी सूचना तथा सञ्चार, डेचेन वाङमो स्वास्थ्य, दोर्जे छिरिङ मानव बसोबास, डाशो शेरुव ग्याल्तसेन गृह तथा संस्कृति, टाण्डी दोर्जे परराष्ट्र, नाम्गे छिरिङ अर्थ र येशे पिन्जोर कृषि तथा वन मन्त्री चयन भएका छन् ।

डिएनटीले आफ्नो सांसद संख्याको ३० प्रतिशत नेपाली भाषी रहेको विश्लेषण गर्दै ११ सदस्यीय मन्त्रीपरिषदमा २० प्रतिशत नेपालीलाई छुट्टयाएको हो ।  ११ जनाको मन्त्रीपरिषदमा एक जना महिला, डेचेन वाङमो स्वास्थ्य मन्त्री चयन भएकी छन् । मन्त्रीपरिषदमा ३२ वर्षीय श्रम तथा मानव संशाधन मन्त्री उगेन दोर्जे सबैभन्दा कान्छा सदस्य छन् भने जेष्ठ सदस्यमा ६३ वर्षीय गृह तथा संस्कृति मन्त्री डाशो शेरुव ग्याल्तसेन रहेका छन् ।

डिएनटीले मन्त्रीपरिषद टिम अहिलेसम्मकै नमूनायोग्य रहेको भन्दै पूर्व, पश्चिम र दक्षिणबाट ३-३ जना र केन्द्रबाट एक जना मन्त्री छनोट गरेको जनाएको छ । ४९ वर्षीय प्रधानमन्त्री छिरिङ बंगलादेश र अष्ट्रेलियामा अध्ययन गरेका चिकित्सक हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस