यी हुन् उपत्यकाका २३ ‘ब्ल्याक स्पट’

काठमाडाैं । बढ्दो ट्राफिक दुर्घटनासँगै ट्राफिक प्रहरीले उपत्यकाका २३ ‘ब्ल्याक स्पट’ पहिचान गरेको छ । चालक संवेदनशील नभएपछि दुर्घटना बढेको ठम्याउँदै सचेत गराउन ब्ल्याक स्पट पहिल्याइएको हो। एउटै ठाउँमा धेरै दुर्घटना भए त्यस्तो ठाउँलाई ब्ल्याक स्पट भन्ने गरिन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, थानकोट, सीतापाइला, कालिमाटी, गोंगबु, बूढानीलकण्ठ महाराजगन्ज, सुकेधारा, चाबहिल, बौद्ध, गौशाला, सिनामंगल, तीनकुने, कोटेश्वर, ललितपुरको पुल्चोक, जावलाखेल, सानेपा, सातदोबाटो, एकान्तकुना, भक्तपुरको सल्लाघारी र जगातीलाई ब्ल्याक स्पष्ट पहिचान गरिएको छ। महाशाखाको दुर्घटना अभिलेखअनुसार बर्सेनी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो छ।

२०७२, २०७३ र २०७४ मा उपत्यकामा क्रमश ५ हजार ५ सय ६८, ५ हजार ७ सय र ६ हजार ३ सय ८१ दुर्घटना भएका थिए। यो वर्ष असोजसम्म नै ३ हजार ५ सय १३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। ०७२ मा १ सय ६६ जना, ०७३ मा १ सय ८२ र ०७४ मा १ सय ९४ जनाको मृत्यु भएको थियो। यो वर्ष असोजसम्म ७० जनाले ज्यान गुमाइसकेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सभास गोतामेले लेखेका छन्।

महाशाखाका अनुसार ब्ल्याक स्पटमा वैशाखदेखि असोजसम्म १ हजार ६ सय ४ दुर्घटना भएका छन्। भक्तपुरको जगातीमा १ सय १५ वटा, सुकेधारामा १ सय ७०, चाबहिलमा १ सय ५०, एकान्तकुनामा ७०, कोटेश्वरमा ८५, सिनामंगलमा ८६, कलंकीमा १ सय २, कालीमाटीमा ७३, थानकोटमा ९०, महाराजगन्जमा ९२, गोंगबुमा ९६, तीनकुनेमा ७८, जगातीमा ६८, जावलाखेलमा ४७, सातदोबाटोमा ३२, बूढानीलकण्ठमा २९ वटा, बौद्धमा ४७, गौशालामा ९६, सानेपामा ३२ र पुल्चोकमा ४६ सवारी दुर्घटना भएका छन्।

महाशाखाका प्रमुख एसएसपी बसन्त पन्त भन्छन्, ‘अधिकांश दुर्घटना चालककै लापरवाहीबाट भएका छन्। धेरै दुर्घटना हुने स्थानलाई हामीले ब्ल्याक स्पटका रुपमा पहिचान गरेका हौं।’ महाशाखाले ब्ल्याक स्पटमा दुर्घटना जोखिम क्षेत्र भनेर बोर्डसमेत टाँसेको छ। उनका अनुसार समयसमयमा चालकलाई ‘गति घटाउ, आयु बढाउ’ भनेर सचेतना अभिवृद्धि गराइँदै आएको छ।

महाशाखाले दैनिकजसो मादकपदार्थ सेवन गर्ने सवारीचालक, लेन अनुशासन उल्लंघन गर्ने, निषेधित क्षेत्रमा रोक्ने, जेब्राक्रसमाथि सवारी रोक्ने, जथाभावी हर्न बजाउने कसुरमा ९ सय ५९ जना चालकलाई कारवाही गरेको छ। उनले भने, ‘कारवाही गर्र्दैमा दुर्घटना घट्छ भन्ने होइन तर चालकले गल्ती नगर्ने हो भने दुर्घटनामा कमी आउँछ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस