कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् बैठकका एजेण्डा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । आज बस्ने बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत भई त्यसै विषयमा छलफल हुने भएको छ । बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले विधानको मस्यौदा प्रस्तुत गर्ने बताइएको छ ।

नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई संघीय ढाँचामा लैजानका लागि विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बैठकमा विधान मस्यौदा प्रस्तुत हुने, महासमितिको बैठक केही दिन पर सार्ने र नेपाल विद्यार्थी संघको महाधिवेशनका विषयमा बैठक केन्द्रित हुने छ ।

आगामी मंसिर ५ बाट शुरु हुने तय भएको महासमिति बैठक विविध कारणले केही दिन सार्नुपर्ने अवस्था आएको कांग्रेस नेताले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस