काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा संवैधानिकज्ञाता कुशुम श्रेष्ठको बुधबार निधन भएको छ । उनी ७५ वर्षका थिए । लामो समयदेखि स्वासप्रस्वास सम्बन्धी रोगले थलिएका श्रेष्ठको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार बुधबार नै उनको अन्तिम संस्कार गरिनेछ । नेपालको आधुनिक न्यायप्रणालीलाई स्थापित गर्न श्रेष्ठ लगायत विदेशबाट पढेर आएका कानुनविदहरुको ठूलो भूमिका रहेको छ । संविधान जीवित र निरन्तर परिमार्जन भइरहनु पर्ने दस्तावेज रहेको …
पुरा पढ्नुहॊस »बझाङमा मल अभाव, आपुर्ति भएको मल पनि बाटैमै सकियो
पार्वती ऐडी बझाङ । बझाङमा रासायनिक मल अभाव भएको छ । मलको अभाव भएपछि जिल्लाका किसानहरु चिन्तित भएका छन् । गहुँ लगायतका हिउँदेवाली खेतमा छर्ने वेला भइसकेकाले किसानहरु रासायनिक मलको पर्खाइमा छन् । तर, मल आवश्यकता अनुसार ढुवानी नभएको र भएकै मल पनि बाटो छेउका किसानले गाडी रोकेर सिध्याउन थालेका छन् । रासायनिक मलको चरम अभाव भएपछि बाली तथा बोटबिरुवा फस्टाउन पाउदैन् र रोगहरु लाग्ने सम्भावना बढि हुन्छ । बजेटको लागि …
पुरा पढ्नुहॊस »चन्द्रागिरि केबलकार भाइटीकाको दिनमा पनि खुल्ने
काठमाडाैं । चन्द्रागिरि केबलकार तिहारको भाइटीकाको दिनमा समेत खुला हुने भएको छ । चन्द्रागिरि केबलकार लगायतका अन्य सेवाहरु तिहार विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्यपर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको हो । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र …
पुरा पढ्नुहॊस »पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा
काठमाडाैं । पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो । रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुक्त खनालले जानकारी दिए । नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्ष …
पुरा पढ्नुहॊस »ओली बालुवाटारबाटै चलाउँदैछन् सरकार
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओली अस्वस्थताका कारण सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत बस्न नसकेको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । तर, प्रधानमन्त्री ओली अस्वस्थ हुँदा र मन्त्रिपरिषद बैठक नबस्दा पनि सरकारी काममा भने त्यसको अभाव देखिएको छैन । प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालमै रहँदा …
पुरा पढ्नुहॊस »उज्यालो युगका अभियन्ता कुलमानः कसरी अन्य गरे उनले नेपालबाट लोडसेडिङ ?
काठमाडाैं । मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझबुझसमेत थियो । उनले सूत्रसमेत मनमनै पहिल्याएका थिए। तर, आफू प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सूत्रहरू कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् । …
पुरा पढ्नुहॊस »वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले १० लाखसम्म ऋण दिने
काठमाडाैं । वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढाएको छ। विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभागी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको हो। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमका समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको श्रम, रोजगार …
पुरा पढ्नुहॊस »काठमाडौंको धुलोले बालबालिका पनि दमका रोगी
काठमाडौं । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानको सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहुनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौंदेखि धुलो र धुवाँबाट आजित रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ । धुलोका कारण बच्चादेखि वृद्धवद्धासमेत प्रभावित भएको चिकित्सकहरुको भनाइ छ …
पुरा पढ्नुहॊस »महाकवि देवकोटाको ११०औं जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी …
पुरा पढ्नुहॊस »आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई …
पुरा पढ्नुहॊस »