यी हुन् नेपालका तीन शीर्ष प्रदूषित शहर

काठमाडाैं । नेपालको सहरमध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं रहेको पाइएको छ। विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको छ। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।

पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको वातावरण विभागको प्रदूषण अनुगमन तथा नियन्त्रण शाखाले जनाएको छ । शाखाकी वातावरण निरीक्षक सुनिता खनालका अनुसार काठमाडौंको रत्नपार्कमा सोमबार बिहान ४२ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । साँझ ६ बजे प्रदूषणको मात्रा बढेर ९३ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ।

यसैगरी, आइतबार काठमाडौंको औषत प्रदूषण ८८ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेकोे थियो । शनिबार ७३ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा शुक्रबार ६७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो। यस्तै, बिहीबार ७७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा गत बुधबार ८४ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो।

प्रदूषणको दोस्रो स्थानमा रहेको नेपालगन्जमा सोमबार २४ घण्टाको पीएम २ दशमलव ५ को औसत प्रदूषणको मात्रा ७५ दशमलव ३३ माइक्रोग्राम प्रतिक्युबिक मिटर पुगेको पाइएको छ । सोमबार बिहान ४१ रहेको प्रदूषणको मात्रा साँझ ६ बजे १ सय १८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको केन्द्रकी वातावरण निरीक्षक खनालले जानकारी दिइन्। यसैगरी, आइतबार नेपालगन्जको औसत प्रदूषण ८१ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको थियो । यस्तै, गत शनिबार ७४ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो।

शुक्रबार ७५ दशमलव ८, बिहीबार ७३ दशमलव ७ र बुधबार ६१ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको वातावरण विभागको प्रदूषण नियन्त्रण तथा नियमन शाखाले जनाएको छ। यसैगरी, सोमबार मुलुकभरको प्रदूषणको तेस्रो स्थानमा रहेको दाङमा पीएम २ दशमलव ५ को औसत प्रदूषण मात्रा ५० दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ।

सोमबार बिहान ४१ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा साँझ बढेर ९७ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको शाखाले जनाएको छ । शाखाकी वातावरण निरीक्षक खनालका अनुसार अघिल्लो साताको तुलनामा क्रमशः प्रदूषण बढ्नेक्रममा रहेको पाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस