काठमाडाैं । सैनिक साहयोग र तालिमका नाममा नेपाली सेनामाथि भारत, चीन र अमेरिकाको स्वार्थ वढ्दै गएको छ। चीन, अमेरिका र भारतले नेपाली सेनामाथि आँखा गाड्दै जानुमा केही रणनीतिक स्वार्थले काम गरेको खबर आजको नेपाल साप्ताहिकमा माधव बस्नेतले लेखेका छन्। पहिलो सैन्यशक्ति रहेको अमेरिका सुपर पावरमा टिकिरहन चहन्छ नै। सँगै चीनलाई निगरानी गर्ने उसको रणनीतिक योजना छ। ३० को दशकमा खम्पा विद्रोह दबाउन नेपाली सेनाले खेलेको भूमिका चीनले विर्सिएको छैन। ऊ एक …
पुरा पढ्नुहॊस »प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट
काठमाडाैं । अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्। इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो। देशबाहिर रहेकी अञ्जुले आवदेन पठाएको भोलिपल्टै प्रहरी रिपोर्ट पाउन सकिन्। त्यसका लागि उनले न प्रहरी कार्यालय नै धाउनु प¥यो न त …
पुरा पढ्नुहॊस »स्नातक र स्नातकोत्तर तहमा नेपालीमा पनि प्रश्न सोध्न त्रिविलाई दबाब
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ। नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। त्रिविका कतिपय केन्द्रीय विभागहरूले नेपाली माध्यममा उत्तर लेख्न समेत नपाउने व्यवस्था गरेका छन्। आर्थिक वर्ष ०७५-०७६ को पहिलो तीन महिनामा त्रिविमा आएका अधिकांश गुनासा परीक्षासँग सम्बन्धित छन् । त्रिवि केन्द्रीय कार्यालयका अनुसार प्राप्त भएका …
पुरा पढ्नुहॊस »राजश्व सम्बन्धी एनसेलका चार मुद्दा सर्वोच्चमा
काठमाडाैं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलसँग जोडिएका चार मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छन्। केही समयअघि महालेखा परीक्षकको कार्यालयले बेरुजुविरुद्ध एनसेल आफैँले रिट दायर गरेको छ भने राजश्वसम्बन्धी अन्य तीन मुद्दा पनि सर्वोच्चमा विचाराधिन अस्थामा छन्। यो खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्। जसका कारण सरकारले एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन गरेरै भए पनि त्यसबाट आउने मूल्यमा कर लगाउने तयारी गरे पनि सर्वोच्चमा मुद्दा विचाराधिन हुँदा लाभकर असुल गर्ने …
पुरा पढ्नुहॊस »स्वास्थ्यकर्मी अभावमा बिरामी कैदीलाई समस्या
पार्वती ऐडी । बझाङ । स्वास्थ्यकर्मी अभावमा जिल्ला कारागार बझाङमा रहेका बिरामी कैदीलाइ समस्या भएको छ । कारागारमा कैदीको उपचारका लागि स्वास्थ्यकर्मीको दरबन्दी भए पनि दुई वर्षदेखि कर्मचारी अभाव हुँदा बिरामी कैदीलाई समस्या हुने गरेको हो । कारागारमा नियमित स्वास्थ्यकर्मी नबस्दा बिरामी कैदीलाई उपचार गर्न कारागार बाहिर ल्याउन झञ्झट हुने गरेको छ । कैदीको उपचारका लागि भनेर सरकारले सिनियर अहेबको दरबन्दी सिर्जना गरेको भए पनि कारागारमा दरबन्दी भएका कर्मचारी नबस्दा …
पुरा पढ्नुहॊस »मुख्यमन्त्री राई किन गए सुटुक्क अमेरिका ?
काठमाडाैं । उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन्। प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ। कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति लिएका छैनन्। उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘निजी खर्चमा उपचार गर्न थाइल्यान्ड जान लागेको पत्रपत्रिकामा पढेको थिएँ,’ परराष्ट्रका एक …
पुरा पढ्नुहॊस »गणेशमानलाई सम्झिदै प्रकाशमानले भने- कांग्रेस विधानको औचित्य रहेन
काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन गर्ने तरिकाप्रति आक्रोश पोखेका छन् । आफ्ना पिता तथा सर्वमान्य नेता गणेशमान सिंहको १०४ औं जन्म जन्मजयन्तिको अवसरमा शोभा भगवतिमा आयोजित कार्यक्रममा सिंहले पद र प्रतिष्ठाका लागि जे पर्ने संस्कार पार्टीभित्र मौलाएको भन्दै असन्तुष्टि जनाएका हुन् । सिंहले भने, ‘आज पद प्रतिष्ठा र कुर्सीको लागि जे सुकै गर्न तयार हुने अवस्थामा प्रधानमन्त्रीको पदसमेत त्याग गर्ने गणेशमान सिंहको जिवनी …
पुरा पढ्नुहॊस »वैदेशिक रोजगार : १ सय १० देशमा श्रम स्वीकृति
काठमाडौं । सरकारले कानुनी रूपमा वैदेशिक रोजगारीमा जाने कामदारको हकमा संस्थागत १ सय १० देश खुला गरे पनि सन् २००५ यता ८ मुलुकसँग मात्र सरकारीस्तरमा श्रम सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाली श्रमिक आपूर्ति गर्दै आएका जापान, मलेसिया, कतार, बहराइन, युएई, जोर्डन, दक्षिण कोरिया र इजरायल गरी ८ वटा देशसँग मात्र श्रम सम्झौतामा हस्ताक्षर भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको लागि पछिल्लो समय मलेसियासँग श्रम समझादारीमा हस्ताक्षर गरेको …
पुरा पढ्नुहॊस »जनआन्दोलनका कमाण्डर स्व. सिंहको सम्झना गरिँदै
काठमाडौं । २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्ती । गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा शनिबार बिहान आयोजना गरेको कार्यक्रममा स्व. सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। ‘स्व. सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो’, उनले भने। उनले विधानअनुुसार पार्टी सभापति चल्न नसकेको आरोप लगाए। विधानभन्दा सभापति माथि …
पुरा पढ्नुहॊस »प्रदेश मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको जीप कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बा२झ ३१२५ नं को स्कारपियो जिप र से३प २४२० नं को मोटरसाइकल पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालीको बडैपुर सडक खण्डमा आपसमा ठोक्किएका हुन् । जीपमा मन्त्री भने सवार थिएनन् । दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते …
पुरा पढ्नुहॊस »