काठमाडाैं । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलो मिटर घस्रिँदै घाट पुगेर छठ पूजा गरेका छन् । उनी विराटनगरको समृद्धि र शान्तिका लागि घस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चयन मन्दिरबाट परोपकार घाट पुगेका खबर आजको नयाँ पत्रिकामा विराटनगरबाट गणेश लम्सालले लेखेका छन् । मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजेबाट दण्डवत यात्रा आरम्भ गरेका थिए । उनलाई तीन किमी यात्रा गर्न साढे तीन घण्टा लागेको थियो । उनीसँगै भतिजाहरु प्रमिस …
पुरा पढ्नुहॊस »सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबमार नै सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई हटाइ सुवेदीलाई मन्त्रीमा नियुक्त गरिएको हो । सुवेदीलाई प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन् । कैलाली ४ ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित सुवेदी पार्टीमा संस्थापन पक्षका मानिन्छन्। माधव नेपाल पक्षका सोडारीलाई हटाइ उनलाई नयाँ मन्त्रीमा नियुक्त गरिएको हो । सपथपछि पत्रकारसँग संक्षिप्त कुरा …
पुरा पढ्नुहॊस »पाँच दिनदेखि हराएका विनोद मृत भेटिए
काठमाडाैं । पाँच दिनदेखि हराएका निजगढ नगरपालिका ९ ठाडोलाइनका १८ वर्षका विनोद खड्का मृत भेटिएका छन् । खड्का घरभन्दा २ सय मिटर पर रहेको केराबारीमा आजविहान मृत अवस्थामा भेटिएका हुन् । मृतकका बुवा वैदेशिक रोजगारीमा छन् ।
पुरा पढ्नुहॊस »नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने चीनको प्रतिवद्धता
काठमाडौं । चीनले नेपालको पर्यटन प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांगले नेपाल सरकारसँग आग्रह गरे । …
पुरा पढ्नुहॊस »सामाजिक विकास मन्त्री सोडारी बर्खास्त
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्रीबाटबाट बर्खास्त गरिएको छ । तिहारका बेला मन्त्री सोडारी चढ्ने गाडी दुर्घटना भएपछि विवादमा तानिएका उनलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले मंगलबार बर्खास्त गरेको हो । मन्त्रीका स्वकीय सचिव दीर्घराज जोशीले उनलाई पदमुक्त गरिएको पुष्टि गरे । तिहारका बेला मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरको स्कारपियो जिपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए । दुर्घटनाका बेला मन्त्री …
पुरा पढ्नुहॊस »देउवाविरुद्ध मोर्चाबन्दीः सुजाता निवासमा सात नेताको भेला
काठमाडाैं । १४ औ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्न कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता वढाएका छन्। सोमबार सुजाता कोइराला निवास मण्डिखाटारमा सात नेताले बिहानको खानसहित छलफल गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्। छलफलमा सुजातासहित महामन्त्री डा.शशांक कोइराला, नेता डा.शेखर कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा.रामशरण महत सहभागि थिए। तीनघण्टासम्म चलेको छलफलमा महाधिवेशनमा देउवा विरुद्ध मोर्चाबन्दी गरेर जाने सहमती बनेको बताइएको छ।
पुरा पढ्नुहॊस »पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडियो
काठमाडाैं । पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाई आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जनश्रोत तथा सिंचाई विभागले ठेक्का तोडेको छ। बाँकेमा निर्माणाधिन सिक्टा सिँचाईको डँडुवा नहरमा गुणस्तरहिन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको छ। याे खबर आजको नागरिक दैनिकमा रुद्र खड्का र अर्जुन ओलीले लेखेका छन्। ठेक्का सम्झौता गरेको २८ महिना वित्दा पनि काम नभएपछि सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए।
पुरा पढ्नुहॊस »प्रहरीले नै गरायो २२ लाखमा ज्यान मुद्दाको मिलापत्र
काठमाडाैं । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ। कपिलबस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्। कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ राहत दिने र रकम लिएपछि दुबै पक्षले मुद्दामामिला नगर्ने मिलापत्रमा उल्लेख छ। व्यक्तिगत लेनदेनको सिलसिलामा सई कार्कीले १८ कात्तिक राती ती व्यक्तिलाई मोटरसाईकलमा …
पुरा पढ्नुहॊस »कर्मचारी र जनप्रतिनिधिलाई नयाँ गाडीकै मोह
काठमाडाैं । सरकारी कार्यालयहरूमा हजारौं सवारी साधन थन्किएका छन्। ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति रोकिएको छैन। यातायात व्यवस्था विभागका अनुसार देशैभरि तीन लाख ५० हजारभन्दा बढी सरकारी सवारी दर्ता छन्। नबिग्रेका भए पनि तीमध्ये धेरै गाडी कार्यालयमै पार्किङ गरी राखिएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छेटु शेर्पाले लेखेका छन्। दर्ता गरिएका …
पुरा पढ्नुहॊस »प्रकृतिको मूल्य सवा करोड अर्ब !
काठमाडाैं । घट्दै गएको वन्यजन्तुको संख्याले पृथ्वी र यसको स्रोतसाधन व्यापक दबाबमा परेको संकेत गरेको छ। १९७० देखि २०१४ सम्मको अवधिमा स्तनधारी, चरा, सरिश्रृप, उभयचर र माछाको संख्यामा ६० प्रतिशतले गिरावट आइसकेको छ । यो ४४ वर्षको अवधिमा मेरुदण्ड भएका जनावरको संख्यामा आधाभन्दा बढीको गिरावट आइसकेको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का महानिर्देशक मार्को लाम्बर्टेनी मानव जातीले महत्वपूर्ण विकल्पको सामना गर्नुपर्ने अवस्था आएको बताउँछन् …
पुरा पढ्नुहॊस »