समाचार

युवाजति कालापहाडतिर, कर्णालीका गाउँ युवाविहीन

काठमाडाैं । दसैंतिहारजस्ता ठूला पर्व सकिएसँगै कर्णाली प्रदेशका बस्ती खाली हुन थालेका छन्। चाडपर्व मान्न आएकाहरू रोजगारी र अध्ययनका लागि ठूला सहर र कालापहाड (भारत) जान थालेपछि गाउँ रित्तिँदै गएका हुन्। यहाँका अधिकांश युवा पैसा कमाउन कालापहाड जाने गर्छन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ। कालीकोट शुभकालिका गाउँपालिका–३ गोठीमुलाका २० वर्षीय अक्कल परियार दसैँ तिहार मान्न एक महिनाअघि घर आएका थिए । सोमबार उनीसहितको टोली सुर्खेत–नेपालगन्ज हुँदै भारततर्फ लाग्यो। ‘गाउँघरतिर …

पुरा पढ्नुहॊस »

आफ्नै पार्टीसँग यसरी सरोकारविहीन बन्दैछन् प्रधानमन्त्री ओली

काठमाडाैं । नेकपाको ४५ सदस्यीय स्थायी समिति छ। ढिलोमा तीन महिनाभित्र बैठक बस्नु पर्ने व्यवस्था विधानमा छ। पार्टी स्थायी समितिको बैठक २१ असारमा बसेको थियो। त्यसयता चार महिनामा पाँच पटक बैठक स्थगित भएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। दुई पार्टीबीचको एकीककरण हस्ताक्षर गर्ने प्रयोजनका लागि १० जेठमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको थियो। तर, त्यसमा कुनै छलफल भएन। केन्द्रीय कमिटिमा ४४१ सदस्य भए पनि उनीहरुले कुनैपनि विषयमा बैठकमा …

पुरा पढ्नुहॊस »

आज छठ पर्व मनाइँदै, तराईका जिल्लामा विशेष उल्लास

काठमाडौं । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने महान् पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाइँदै छ । छठको तेस्रो तथा मुख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएर यो पर्व मनाउने गरिन्छ । छठका लागि तराईसहित विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा भएका भक्तजनले श्रद्धापूर्वक सूर्य र षष्ठी माताको उपासना गर्ने गर्दछन् । दुलही झैं सिंगारिएका तलाऊहरुमा …

पुरा पढ्नुहॊस »

सगरमाथा स्पीड आरोहीको कीर्तिमानी ल्हाक्पा गेलुकै नाममा

काठमाडाैं । जुभिङका ल्हाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने आरोही बन्न सफल भएका छन् । उनले सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राखेका थिए । तर, सन् २००४ मे २१ मा दोलखाका पेम्बा दोर्जी शेर्पाले सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेको भनी दावी गरेका थिए । पेम्बाले ८ घण्टा १० मिनेटमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको दावी …

पुरा पढ्नुहॊस »

भारतका लागि राजदूतमा नीलाम्बर आचार्य सिफारिस

काठमाडाैं । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बैठकले उक्त निर्णय गरेको हो । आचार्य नेपाल–भारत सम्बन्ध पुनरावलोकन निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप) का सदस्य छन् । पूर्वमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा दुवै देश तर्फबाट गठित उक्त समितिले १९५० को सन्धि लगायत नेपाल–भारत सम्बन्धका सम्पूर्ण विषय पुनरावलोकन गरी सुझाव दिनेछ। यसले आफ्नो प्रतिवेदन तयार पारिसकेको छ । आचार्य २०४६ को जनआन्दोलनपछि …

पुरा पढ्नुहॊस »

भाँडियो राप्रपा एकताः राजसंस्था, गाई र हलोमा कुरा मिलेन

काठमाडाैं । संवैधानिक राजसंस्थाको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच कुरा मिल्न नसकेपछि राप्रपा एकताको घोषणा भाँडिएको छ। सोमबार राष्ट्रिय सभा गृहमा एकीकृत राप्रपा राष्ट्रवादीसहित तीन राप्रपाबीचको एकता घोषणा गर्ने कार्यक्रम तय थियो। तर, आइतबार साँझ दुईवटै राप्रपाका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाबीचको वार्तामा संवैधानिक राजसंस्था र चुनाव चिह्नका विषयमा सहमति जुट्न नसकेपछि एकता प्रक्रिया एकाएक भाँडिएको हो।यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्। …

पुरा पढ्नुहॊस »

भारतको आनाकानीले प्रबुद्ध समूहको प्रतिवेदन अलपत्र

काठमाडाैं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा तयार भएको चार महिनासम्म प्रतिवेदन अलपत्र परेको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्। भारततर्फको समय मिलाउने जिम्मेवारी भारतीय पक्षका ईपीजी टोलीको थियो। उनीहरूले प्रधानमन्त्री मोदीको समय नै पाउन नसकेको बताउने गरेका छन् भारतीय पक्षका संयोजक भगतसिंह कोशियारी केही समय यता नेपाली पक्षको सम्पर्कमै आउन …

पुरा पढ्नुहॊस »

वर्थ डे पार्टीमा बोलाएर युवती र किशोरीमाथि सात जनाद्वारा बलात्कार

काठमाडाैं । सिरहाको लहानमा जन्म दिनको पार्टीमा बोलाएर २० वर्षीया युवती र १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ। लहान–११ भेडिया टोलका हरि चौधरीले एक युवती र एक किशोरीलाई आफ्नो वर्थ डे पार्टीमा बोलाएर बलात्कार गरेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा लहानबाट मणिलाल विश्वकर्माले लेखेका छन्। किशोरी र युवतीलाई चौधरीसहित सात जनाले सामुहिक बलात्कार गरेका अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए। घटना तिहारको …

पुरा पढ्नुहॊस »

अब कमाईको १० प्रतिशत अनिवार्य आमाबाको खातामा

काठमाडाैं । तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छ? अनि बाआमाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन? अब भने कानुनले नै तपाईंलाई जिम्मेबार बनाउँदैछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै गरेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन्। मासिक रूपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए। …

पुरा पढ्नुहॊस »

डलर सटहीमा कटौतीः दुई महिनामै बाहिरियो १९ अर्ब डलर

काठमाडाैं । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी डलर मात्र दिने भएको छ। चालु आर्थिक वर्षको तीन महिनामा मुलुकमा विदेशी मुद्राको सञ्चित घट्दै गएको र चालु खाता घाटा पनि अघिल्लो वर्षको तुलनामा बढेपछि सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकले डलर सटही सुविधामा व्यापक कटौती गरेको हो। यो खबर आजको नागरिक दैनिकमा विष्णु बेल्वासेले लेखेका छन्। राष्ट्र बैंकले यसअघि …

पुरा पढ्नुहॊस »